अष्टेलियाको चीनीयाँ कन्सुलेट र द डेली टेलिग्राफको तल्लो स्तरको सबालजबाफ
नेपालका लागि चीनीयाँ राजदूत होउ याङकीले द काठमाडौं पोष्टका सम्पादक अनुप काफ्ललाई एक आलेखको विषयमा धम्कीपुर्ण विज्ञप्ति जारी गरेको धेरै भएको छैन् । सायद यो चीनीयाँ शासनप्रणाली नै होला, नेपालमा झै अष्टेलियाको सिड्नीस्थित चीनीयाँ कन्सुलेटले पनि अष्ट्रेलियाको द डेली टेलिग्राफलाई सार्वजनिक रुपमै धम्कीपुर्ण भाषाको प्रयोग गर्दै १० वटा प्रश्नहरुको जवाफ मागेको छ ।
कन्सुलेटले टेलिग्राफमाथि निकै तल्लो स्तरमा झरेको समेत आरोप लगाँउदै उक्त सञ्चार संस्थालाई पुर्वाग्राही एवम् अहंकारी समेत भनेको छ । प्रस्तुत छ टेलिग्राफले चीनीयाँ कन्सुलेटलाई पठाएको प्रश्नको जवाफको भावानुवाद :
चीनीयाँ कन्सुलेट : हालसालै द डेली टेलिग्राफले कोभिड–१९ नियन्त्रणको लागि चीनले अपनाएका उपायहरुबारे थुप्रै समाचार र आलेखहरु छापेका छन् जुन अज्ञानता, पुर्वाग्राह र अहंकारले भरिपुर्ण छन् ।
द डेली टेलिग्राफ : यदी चीनमा रहेको सरकारी स्वामित्वको मिडीयाबारे यस्तो गुनासो आएको भए, त्यहाँका पत्रकारहरुलाई अङ्गभङ्ग गरी जेलमा जाकिन्थ्यो होला ।
चीनीयाँ कन्सुलेट : भाईरसको उद्गम पत्ता लगाउने कार्य विल्कुलै वैज्ञानिक हो जसका लागि व्यवसायिक र विज्ञानसम्मत अनुसन्धान आवश्यक हुन्छ ।
द डेली टेलिग्राफ : हो । निश्चित रुपमा आवश्यक हुन्छ । त्यसो भए मार्च १२ मा गरिएको एक पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी सेनाले हुवानमा महामारी भित्रयाएको भनी गरेको दाबी कति व्यवसायिक छ ?
चीनीयाँ कन्सुलेट : भारईसको उत्पतिबारे अहिलेसम्म निर्धारित भईसकेको छैन् र विश्व स्वास्थ्य संगठनले यसको नाम नोवेल कोरोना भाईरस ‘कोभिड–१९’ दिएको छ ।
द डेली टेलिग्राफ : विश्व स्वास्थ्य संगठनले जिम्बावेका हत्यारा रोर्बट मुगाबेलाई पनि सद्भावना दूत नियूक्त गरेको थियो र यहीँ मार्च ३ मा घोषणा गरेको थियो कि कोरोना भाईरस भन्दा बढी खतरनाक कोरोना भाईरसबारे रुढीबादी धारणाहरु हुन् ।
विश्व स्वास्थ्य संगठनले यस्ता थुप्रै विवेकहीन कार्यहरु गर्दछन् ।
चीनीयाँ कन्सुलेट : भाईरसलाई पटक–पटक चीनसँग जोड्नु र अझ नोवेल कोरोनाभाईरस चीनमा बनेको उल्लेख गर्नुको पछाडी तपाईं बास्तबिक उद्देश्य के हो ?
द डेली टेलिग्राफ: हाम्रो उद्देश्य सत्य प्रकट गर्नु हो । त्यसकारण हामिले सो भाईरसलाई बोगनोर रेगिससँग जोड्दैनौं अथवा भन्दैनौ कि यो पानामामा बनेको हो ।
चीनीयाँ कन्सुलेट: वूहानका जनताले महामारी रोक्न निकै ठुलो प्रयास गरेका छन् र व्यक्तिगत रुपमा त्याग गरेका छन् ।
द डेली टेलिग्राफ: हो । वूहानका डा. ली वेङलियाङ्गले कोरोना फैलिन थालेको बारे जनतालाई सचेत गराउन ठुलो त्याग गरेका हुन् । न्यूयोर्क टाईम्सको अनुसार त्यसपछि जनवरीको शुरुआत तिर डा. लीलाई प्रहरी र मेडिकल आँफिसरहरुले एक कागजमा हस्ताक्षर गर्न बलपुर्वक बाध्य बनाए जसमा लेखिएको थियो कि उनको चेतावनी गैरकानुनी अफबाह मात्र हो, त्यस्तो केही भेटिएकै छैन् ।
अहिले उनको मृत्यु भईसकेको छ र उनको व्यक्तिगत त्यागलाई पनि हामिले छापेका थियौं ।
चीनीयाँ कन्सुलेट : तपाईंले ध्यानाकर्षण र बढी हिट पाउनका लागि वूहानलाई जोम्बील्याण्ड र वूहान सीफुड मार्केटलाई ब्याट मार्केट भन्नुभयो । तपाई कति तल झर्न सक्नुहुन्छ ?
द डेली टेलिग्राफ : यो सभ्य संसारमा ‘ब्य्राडम्यान बैटस् एण्ड बैटस् एण्ड बैटस्’ एउटा प्रख्यात पत्रिकाको ब्यानर नाम हो ।
वुहानमा यो एक रेष्टुरेण्टको नाम हो ।
चीनीयाँ कन्सुलेट : महामारी रोकथाम एवम् नियन्त्रणमा चीनको प्रभावकारीताले चीनीयाँ कम्युनिष्ट पार्टीको जनता केन्द्रित दर्शन एवम् चीनीयाँ प्रणालीबाट प्राप्त हुने लाभलाई स्पष्ट रुपले उजागर गर्दछ ।
द डेली टेलिग्राफ : एमनेष्टी इन्टरनेशनलले प्रतिवदेन दिएको थियो कि सन् २०१८ मा चीन एक्लैले मात्र बाँकी विश्वभन्दा बढी जनतालाई मृत्युदण्ड दिएको थियो ।
कृप्या हामिलाई तपाईंको जनता केन्द्रित दर्शनबारे थप बताउनुहोस् । यसका लागि कतिबटा गोलीहरु चाहिन्छ ?
चीनीयाँ कन्सुलेट : सत्यलाई स्वीकार र सामना गर्नुको साटो तपाईंको अखबारले फोहोरी भाषाको प्रयोग गरी चीनीयाँ सरकार र चीनियाँ कम्युनिष्ट पार्टीमाथि लज्जास्पद रुपमा आक्रमण गरेको छ ।
द डेली टेलिग्राफ : तर पनि हामिलाई जेल पठाइएको छ्र्रैन् अथवा गोली हानिएको छैन् । यतिखेर न्याय कहाँ गयो ?
चीनीयाँ कन्सुलेट : तपाईंको बुझाई जनताको हितमा आधारित छ कि तपाईले कुनै वैचारिक पुर्वाग्रह राख्नुहुन्छ ?
द डेली टेलिग्राफ : हामि यो घातक संकटको विरुद्धको वैचारिक पुर्वाग्रह राख्दछौं । यो हाम्रो लागि यो दुखद विफलता हो।
चीनीयाँ कन्सुलेट : जनवरी ३ देखि नै चीनले विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय समूदायलाई समयमै पारदर्शी रुपमा सबै सुचनाहरु दिँदै आईरहेको छ ।
द डेली टेलिग्राफ : चीनले समयमै पारदर्शी रुपमा सुचना दिन थालेको ११ दिन पछि जनवरी १४ मा विश्व स्वास्थ्य संगठनले विश्वसमक्ष चीनको एक हास्यापद सुचना प्रवाह गरेको थियो जसमा भनिएको थियो कि कोरोनाभाईरस मानवबाट मानबमा सर्दैन् ।
चीनीयाँ कन्सुलेट : महामारी विश्वभर तीव्र गतिले फैलिरहेको छ र चीनले गम्भिर रुपमा प्रभावित देशहरुलाई सक्दो सहयोग पु¥याईरहेको छ ।
द डेली टेलिग्राफ : बीवीसीको अनुसार स्पेन, टर्की र नेदरल्याण्ड्समा चीनबाट निर्यात गरिएको कोरोनाभाईरस परीक्षणका हजारौं कीट एवम् मेडिकल मास्कहरु गुणस्तरहीन र काम नलाग्ने पाइएको थियो ।
र एबीसीको अनुसार हालै मात्र अष्ट्रेलियका सिमा सुरक्षा अधिकारीहरुले ८ लाख मास्कहरु नक्कली भएकोले जफत गरेका थिए ।
तपाईंको सबै सहयोगका लागि धन्यवाद ।
चीनीयाँ कन्सुलेट : भाईरसले कुनै सिमा चिन्दैन् ।
द डेली टेलिग्राफ : त्यसोभए चीनले किन मार्च २८ मा आफ्नो सिमानाकाहरु बन्द गर्यो जब कि उसले कोरोनाभाईरसविरुद्धको लडाईं जितिसकेको दाबी गरेको छ ?
चीनीयाँ कन्सुलेट : तपाईंले चीनको महामारी रोकथाम र नियन्त्रणबारे विश्व स्वास्थ्य संगठनले गरेको सकारात्मक समीक्षाहरुमाथि निरन्तर प्रश्न उठाउदै आउनुभएको छ तर तपाईलाई पक्कै पनि थाहा छ कि विश्व स्वास्थ्य संगठन वैश्विक जनस्वास्थ्यको क्षेत्रमा सबसे आधिकारिक अन्तर्राष्ट्रिय निकाय हो जसको सदस्य अष्ट्रेलियासहित १९० वटा राष्ट्रहरु छन् ।
द डेली टेलिग्राफ : सुर्यको प्रकाशमा त्यो संख्यामाथि नजर राखिरहनुहोस् ।
चीनीयाँ कन्सुलेट : तपाईंले चीनले प्रवाह गरेको आधिकारिक सुचनाहरु र विश्व स्वास्थ्य संगठनको व्यवसायिक धारणाहरुलाई वेवास्ता गर्दै तथाकथित विश्लेषकहरुलाई उद्धृत गर्दैआईरहनुभएको छ । के तपाईंलाई थाहा छ कि ती व्यक्तिहरुले लामो समय देखी अमेरिकी सरकारबाट आर्थिक सहयोग प्राप्त गरिरहेका छन् ?
द डेली टेलिग्राफ : अमेरिकाले गत बर्ष विश्व स्वास्थ्य संगठनलाई झण्डै ९०० मिलियन अमेरिकी डलरको योगदान गरेको छ । अब तपाईं के भन्नुहुन्छ, सर ?
चीनीयाँ कन्सुलेट : चीनमा महामारीको बारेमा तपाईंका पछिल्लो लेखहरु अतिस्योक्तिपुर्ण, गैर जिम्मेवार अफबाहरुले भरिएको एवम् चरम राजनीतिक छ ।
द डेली टेलिग्राफ : हामि बदमास हौं ।
कृप्या हामिलाई डा. ली वेङलियाङ्ग हस्ताक्षर गरेको ‘नभेटिएको र गैरकानुनी अफवाह’ जस्तै एउटा दस्तावेज हामिलाई पनि पठाउनुहोला जसमा हामिले पनि त्यसरी नै हस्ताक्षर गर्नेछौं ।
(स्रोत: https://www.dailytelegraph.com.au/blogs/tim-blair/via-local-commie-underlings-beijing-officially-disapproves/news-story/491b415795fbbdc526d33d5b569134a4)