अब कनेक्ट आइपिएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्ट्मबाट भुक्तानी सुविधा दिँदै आएकोमा अबकनेक्ट आइपिएस मार्फत पनि अनलाईन भुक्तानी गर्न सकिने छ । कनेक्ट आइपिएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्नो बीमा शुल्क भुक्तानी गर्न सकिने छ ।
कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्नो प्रिमियम भुक्तानी गर्दै आउनुभएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपिएस डिजिटल पेमेन्ट सिस्ट्म मार्फत अनलाईन भुक्तानी गर्न सक्नुहुनेछ । जुनसुकै समयमा जहाँसुकैबाट अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले अन्य विभिन्न डिजिटल पेमेन्ट सिस्ट्मबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।