मुख्य समाचार

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय, यसअघि के थियाे व्यवस्था ?

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने मन्त्रिपरिषद्को निर्णय, यसअघि के थियाे व्यवस्था ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेकाे छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ ।  यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।

 

विशेष