हातको कोरोना धोए जाला, माथको कोरोना भगाउन नयाँ हिसाबले पढाइ थालौं
नारायण पौडेल
अहिले स्कूल बन्द छन । शिक्षक शिक्षिका बेकामे हुनु परेको छ । बिध्यार्थी दिन कसरी कटाउने भन्ने बिलखबन्दमा छन । र, यो कति समयका लागि हो भन्ने एकिन पनि छैन । अर्थात समुदायको सृजनसिलता मर्दै गएको छ । अब बिकल्प सोचौं । भए त इंटरनेट गज्जब, स्थानीय टिभी पनि । त्यो नभए पनि हरेक जिल्लामा एफएम त छन, छन ।
हो, अब एफएमबाट पठनपाठन शुरू गरौं । जिल्ला वा क्षेत्रका बिषयगत नामी र दामी शिक्षक/शिक्षिकाको लिस्ट बनाऊँ । जिल्लाबाहिर रहेका बिज्ञसँग पनि सम्पर्क गरौं। कार्यतालिका बनाऊँ । दिनमा १/२ वटा बिषय पढाऊँ । होमेवोर्क दिऊँ । होमवोर्क गरे नगरेको अबिभाबकले हेर्ने र सम्बन्धित विद्यालयका सम्बन्धित शिक्षक/शिक्षिकाले फोन वा अन्य बिधीबाट समन्वय गर्ने । यसरी खटिने शिक्षक/शिक्षिकालाई अतिरिक्त भत्ता दिने । होमेवोर्क समन्वयका लागि विद्यार्थी र शिक्षकलाई आबास्यक परेमा रीचार्जको बेबस्था गर्ने । रेडियो पनि नभएको बिधार्थीको हकमा रेडियो किन्ने बेबस्था मिलाउने । यो प्रकृयाका लागि हप्ता दिन लाग्ला । त्यसपछिको माहोल बेग्लै हुनेछ ।
उदाहरणका लागि, अंग्रेजीको कुनै कथा प्रो. अभि सुबेदीलाई पढाउन आग्रह गरौं । बुढाले नामन्ने कुरा होला र ? हरेक ठाऊले अहिले दिग्गज दिग्गज मांछे उत्पादन गरिसकेको छ । तिनलाई जोडौं । पैसा कहाँबाट ल्याउने ? कुरो त्यहीं ठोकिंछ । सजिलो छ । मात्र समन्वय गर्नु पर्यो । यो खर्चिलो छैन । एफमहरु सँग निशुल्क वा न्यूनतम मूल्यमा समय किन्ने । सके एक भन्दा बढी एफएमसँग हातेमालो गर्ने । फेरी यो धेरै स्कूलहरुको सामूहिक अभियान हो । स्कूल, स्थानीय निकाय, जिल्ला शिक्षा कार्यालय, सांसद कोषको प्रयोग गर्न सकिनछ । पूर्वविद्यार्थीहरुसँग गुरु दक्षिणा माग्ने । केही अर्थ र ज्ञान आर्जन गरेकाका लागि यो त गुरु दक्षिणा दिने उत्तम अबसर हो ।
लाग्न सक्ला, यो महामारीमा यो भाऊँतो ? हो भाऊँतो निभई अहिलेको अबस्यकता हो । संकट त समाजको नियम हो, सृजना संकटको देन हो । अहिले आपतमा पढ्न पाएका बिधार्थी भोलि नेतृत्वमा पुग्दा बेग्लै हिसाबले सोच्ने छन । नबिर्सौ, हातमा लागेको करोना धोएपखाले जानेछ । निष्क्रियताका कारण माथमा लागेको कोरोना हाम्रो समाजमा महाभाईरसका रूपमा रहिरहने छ । यो बिषयलाई गम्भिर रूपमा लिनुहोला भन्ने आशा छ । यो अभियान कसैले थालेमा हाम्रो परिवारको आर्थिक, भौतिक, मानसिक साथ रहने छ ।