'मेरो चरित्र हत्याको प्रयास भयो' : कीर्तिपुरका मेयर महर्जन ( भिडियोसहित)
काठमाडाैं । कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर होस्टेलका विद्यार्थीहरुलाई राहत बाँड्ने बिषयलाई लिएर एभिन्युज टेलिभिजनले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन् । नेपाल आजसँग कुराकानी गर्दै मेयर महर्जनले बिद्यार्थीहरुलाई राहत दिने सवालम हात उठाएको भनेर अनर्गल प्रचारवाजी गरिएको बताएका छन् ।
लकडाउनले समस्यामा परेका होस्टेलका बिद्यार्थीहरुलाई राहत बितरण गर्नकै लागि त्रिभुवन विश्वविद्यालयका भिसी, रजिस्ट्रारसंग समन्वय गरेर बिभिन्न विद्यार्थी सङ्गठनहरुका प्रतिनिधि र प्रिन्सीपलसहित आफ्नै कार्यकक्षमा छलफलपछि ३ लाख बराबरको राहत बाड्ने काम भएको उनले प्रष्ट पारेका छन् ।
'त्रिभुवन विश्वबिद्यालयमा रहेका बिद्यार्थीहरुका लागि राहतमा त्रिवीले पनि केहि गर्नुपर्छ भनेर म आफैले भिसी सर, रजिस्ट्रार र त्यहाको प्रिन्सीपलसँग समन्वय गरे र त्यहि अनुसार बैठक पनि मेरै कार्यकक्षमा विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरु प्रिन्सीपलसहितको एउटा छलफलमा हामी बस्यौ ।' उनले भने -'त्यसैको निर्णयअनुसार प्रिन्सीपल सरले पनि ३ लाखको हाराहारीमा एउटा बजेट छुट्याएर राहत बाड्ने काम भयो ।'
छलफलका क्रममा नगरपालिकाको तर्फबाट सेनिट्राइजर, मास्क र ग्लोब्ज दिने र दाताहरुले खाद्यन्न ल्याउने सहमति भएको मेयर महर्जनले बताए । त्यसरी समन्वयमा काम अगाडि बढिरहेको अवस्थामा त्यहि साँझ एभिन्युज टेलिभिजनले फोन गरेर राहतको बिषयमा सोधपुछ गरेको जानकारी दिए ।
उनलृ भने - 'हामीले छलफलहरु अगाडि बढाइसकेका थियौ, त्यहि साँझ एउटा कल आयो, बिद्यार्थीहरुसँगको राहतको बारेमा मसँग सोधपुछ गरे । त्यसमा मैले चाँहि नेपाल सरकारले दिएको मापदण्डभित्र बिद्यार्थीहरु नपरेता पनि हामीले समयसमयमा बिद्यार्थीहरुका लागि होस्टेलमा सहयोग पुर्याएको कुराहरु मैले गर्दैगर्दा खेरि पछिल्लोपटक हाम्रोमा ४/५ सय बिद्यार्थीको लिस्ट आएको छ तपाईले के गर्नुहुन्छ ? भनेर सोधेपछि मैले आज मेरै कार्यकक्षमा बैठक भएको छ भोलि बाड्ने काम गर्छौ, त्यसमा कुनै समस्या छैन भने।'
उनले अगाडी थपे - 'को बिद्यार्थीहरु हुन् त भनेर भन्दाखेरी मैले फलाना भनेर नाम बताएपछि ल त्यो अमुख बिद्यार्थीसँग म कुरा गर्छु तपाई चाहिँ नजानुहोस भनेर भनियो । त्यसपछि उहासँग कुरा गरेर २ /३ मिनेटपछाडि एक्कासी मलाई ल फलानासंग तपाईले दिएको नाम छ, अब राहत कहिँ कतैबाट नआउने भएको छ तपैले भोलि नै २ सय बोरा चामल दिनसक्नु हुन्छ कि हुदैन ? भनेपछि मैले एकैचोटी मेरो खल्तीबाट दिने होइन, भोलि नै त दिन सक्दिन भनेपछि फोन काटियो ।'
मेयर महर्जनले त्यसैलाई नै एउटा कथा बनाएर कीर्तिपुर नगरपालिकाका मेयरले बिद्यार्थीहरुलाई राहत दिने सवालमा हात उठाएकोले हामीले यो काम दिएका छौ भनेर भोलिपल्ट पटकपटक प्रचारवाजी गरिएको दुनासो पोखे । राहत वितरण कार्यक्रम समन्वयमै भएको छ भन्नेहरुलाई एकातिर राखेर आफनो कुराहरु मात्रै टेलिभिजनबाट एकतर्फी ढंगले प्रस्तुत गरेर आफुलाई बादनाम गर्न खोजिएको उनले बताए ।
आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै मेयर महर्जनले प्रेस काउन्सिलमा उजुरी समेत दिएका छन् । हेर्नुहोस भिडियो