मुख्य समाचार

विश्व नै कोरोनसँग जिधिरहेका बेला संयुक्त राष्ट्रसंघले दियो यस्तो कडा चेतावनी, नेपालमा कति असर पर्ला ?

विश्व नै कोरोनसँग जिधिरहेका बेला संयुक्त राष्ट्रसंघले दियो यस्तो कडा चेतावनी, नेपालमा कति असर पर्ला ?

जेनेभा । कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्र नै धराशायी बन्ने टिप्पणी भइरहँदा गरिबी र खाद्यान्न अभावको सामना गर्नेको जनसंख्या दोब्बर हुने चेतावनी दिइएको छ ।

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार गरिबी र खाद्यान्नको अभाव सामना गर्ने जनसंख्या २६ करोड पुग्नेछ । जब कि, २०१९ मा यस्तो संख्या १३ करोड ५० लाख थियो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले हालै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार २६ करोड जनसंख्याले खाद्यान्नको चरम अभावको सामना गर्ने बताइएको छ । यसका लागि कोरोना भाइरस महामारी नै प्रमुख कारण देखाइएको छ । कोरोना भाइरस महामारीका कारण विश्वमा बलियो अर्थतन्त्र भएका देशमा पनि आर्थिक संकट उत्पन्न हुने देखिएको छ । महामारीले विश्वका २ सय भन्दा धेरै देशलाई प्रत्यक्ष असर पुर्याएको छ ।

यसको असर नेपालमा पनि गम्भीररुले देखिनसक्ने बिज्ञहरूले अनुमान गरेका छन् ।

विशेष