समाजवादी र राजपाबीच मध्याराति भयाे एकता, नयाँ पार्टीको नाम 'जनता समाजवादी'
काठमाडाैं । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता घोषणा भएको छ। दुई पार्टी एकता भएपछि नाम 'जनता समाजवादी' राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
प्रधानमन्त्री केपी ओलीले दल विभाजनका लागि खुकुलो प्रावधान राखेर अध्यादेश ल्याएपछि दुई दलले बुधबार राति नै एकता घोषणा गरेका हुन्। समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन्।
समाजबादि र जनता दल बीच एकीकरन भै बनेको नयां दलको नेता को ? बाहिर आइसकेको छैन । तर दुई दलका बीचमा पूर्बप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भटटराईको नेतृत्वलाई स्विकार गर्ने बारेमा विवाद नरहेको बताइएको छ । महंथ ठाकुर सर्वमान्य नेताका रूपमा रहने र बाबुराम नेतृत्वमा नेतृत्व मण्डल रहने सम्भावना छ । यसबारे ठोस निर्णय हुन बाँकी छ ।