कोरोना अपडेट : विश्वभर १ लाख ८३ हजारको मृत्यु, २६ लाख बढी संक्रमित
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण विश्वभर एक लाख ८३ हजार जनाको मृत्यु भएको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार मृतक संख्या १ लाख ८३ हजार २७ पुगेको छ ।
यो हामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ । बुधबार विहानसम्म थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६३९ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ११५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये ८३ हजार ९७८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ७ लाख १६ हजार ४९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ । इटलीमा एक लाख ८७ हजार ३ सय २७ जना संक्रमित भएका छन् भने २५ हजार ८५ जनाको मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ । बिहिबार विहान यो समाचार तयार पार्दासम्म २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन् ।
१ लाख ७५७ जनाको उपचाररत छन् । त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । फ्रान्समा १ लाख ५७ हजार ३ सय संक्रमित छन् भने २१ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३४ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने १८ हजार १ सय जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ५० हजार ६ सय ४८ जना संक्रमित छन् भने ५ हजार २ सय ७९ जनाको मृत्यु भएको छ ।