सर्वेन्द्र खनाल कसरी बनेका थिए आइजीपी ? रमेश खरेलले गरे सनसनीपूर्ण खुलासा (भिडियोसहित)
काठमाडाैं । नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेलले तत्कालिन आइजीपी सर्वेन्द्र खनाल सत्ता र शक्तिको चाप्लुसी गरेर संगठनको सर्वोच्च पदमा पुगेको खुलासा गरेका छन् । योहो टेलिभिजनमा कार्यक्रम प्रस्तोता जीवराज भण्डारीसँगको बहसका क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
खनाल बिगतदेखि नै आफु पावरका आउनका लागि लम्पसार पर्दै आएको उनको दावी छ । 'उहाँलाई सुरुदेखि नै हेर्दाखेरि नै पावरलाई रिझाउन खोज्ने, लम्पसारवादमा तल्लिन हुने र कसरी आफ्नो फाइदा हुन्छ भन्नेमा सधै लागिरहनु भएकै हो ।' उनले भनेका छन् - 'उहाँ सर्वोच्च पदमा पुग्नुभयो उहाँलाई बधाई छ, धन्यवाद छ । तर सर्वोच्च पद सिद्दिसकेर अवकासप्राप्त भइसकेर पनि उहाँलाई अब कसरी फेरी पावर सेन्टरलाई रिझाउने र अर्को पोस्टमा पुग्ने भन्ने लाग्यो ।'
समाजवादी पार्टीका संसद तथा पूर्व राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई तराइबाट उठाएर काठमाडाैं ल्याएको प्रसंगमा बोल्दै उनले अगाडि भने - 'उहाँलाई आरोप लागेको छ, एउटा सांसद पूर्व राज्यमन्त्रीलाई तराईबाट काठमाडाैं ल्याएर जुन किसिमको खुरापाति काममा लिडिङ राेल प्ले गर्नुभएको एउटा आरोप लागेको छ । मलाई लाग्छ सम्बन्धित निकायले यसको उचित छानविन गर्छ।'
खनालको यस्तो कामले सिङ्गो प्रहरी संगठनलाई लज्जित बनाएको उनको भनाइ छ । आफु पूर्वप्रहरी हुँ भन्न पनि लाज लागेको उनले बताए । 'मलाई एउटा पूर्वप्रहरी हूँ भन्नपनि लाज नलागेको छ । नेपाल संस्थाको शिर गिरेको छ । हिजोको दिनमा पनि प्रहरी संगठनका सदस्यहरुले सुनकाण्डसहितका बिभिन्न काण्डहरुले हामीलाई मास्क लगाएर हिड्नुपर्ने अवस्थामा पुर्यायो ।'
खरेलले शक्ति र सत्तामा भएका मान्छेहरूको चाप्लुसी नगरेको र अबैध आदेशहरु नमानेकै कारण आफुलाई एसएसपीबाट डीआइजी बन्ने पहिलो नम्बर हुँदा हुँदै दोस्रो नम्बरमा पारिएको पनि खुलासा गरेका छन् । प्रचण्डकाेको आदेशमा तत्कालिन गृहमन्त्री जनार्दन शर्माले आफुलाई २ नम्बर लिस्टमा राखेको बताए । 'प्रतिद्वन्दीहरुले पुष्पकमल दाहालजीको छोरा प्रकाशलाई चाकडी गर्नुभयो । अरुलाई चाकडी गर्नुभयो । पुष्पकमल जीलाई चाहि आफ्नो श्रीमतीलाई उअपचर गर्न बैंकक जाने बेलामा एयरपोर्टबाट स्व. प्रकाश दाहालजीले गृहमन्त्री जनार्दन शर्मालाई फोन गर्नुभयो फोन आफ्ना पिताजीलाई दिनुभयो । उहाँले रमेश खरेल १ नम्बरमा आउनु हुदैन भनेपछि त्यहिअनुसार लिस्ट तयार भयो ।'
पछि यस बिषयमा तत्कालिन गृहमन्त्री शर्मासंग बुझ्दा पनि उनले आफ्नो कमाण्डरको आदेश मानेको स्वीकार गरेको दावी खरेलले गरे ।