केशव स्थापित भन्छन- गाँजा खेतीबाट समृद्धि सम्भव छ, हात हल्लाउने, गीत गाउने, गाँजा रोप्ने र करोडपति बन्ने
काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बागमती प्रदेशका प्रदेशसभा सांसदस केशव स्थापितले गाँजा खेतीबाट नेपाल आर्थिकरुपमा सम्बृद्ध हुनेसक्ने दावी गरेका छन् । नेपाल आजसंगको कुराकानीका क्रममा उनले गाँजा खेतीले नै नेपालको राष्ट्रिय एकतालाई बल पुग्ने समेत दावी गरे । शेर बहादुर तामाङलगायतको समुह बसेर गाँजालाई नियमन गर्ने, खेति गर्ने र त्यसको मानवीय प्रयोग गर्ने बारेमा बिधेयक ल्याउने बिषयमा छलफल भएको तर कोरोना महामारीका कारण त्यो अहिले तुहिएको उनले बताए ।
तर बागमती प्रदेशमा भने गाँजाखेतिसम्बन्धि बिशेयक दर्ता गराएको उनको दावी छ । 'यहि कुरा मैले बागमती प्रदेशमा दर्ता गराए, अब देशव्यापी नै दर्ता हुने हो । स्थानीय तहमा पनि यसलाई आन्दोलनको रुपमा विकाश गर्ने ।' उनले भने - 'यो गाँजाले यो मुलुकको समग्र रुपान्तरण गर्नसक्छ ।'
नेपालमा राजतन्त्र अत्या भएर गणतन्त्र आइसकेको अवस्थामा समेत दलित समुदाय सधै दलित बनिरहेको भन्दै उनले गाँजा खेतिले भने दलितहरु पनि रुपान्तरण हुन्सक्ने उनको तर्क छ । 'अहिलेसम्म हामीले दलित भन्यौं, रजनातान्त्र अत्या भएर गणतन्त्र दलितको दलित हुने ? एउटा यो घटनाले दलित चाहिँ रुपान्तरण हुनसक्छ । कर्णालीको मुक्त हुनसक्छ, सुदुरपश्चिमको मुक्त हुनसक्छ । जनजातीहरुको आर्थिक उत्थान हुनसक्छ ।' उनले भने ।
केहि मान्छेलाई गाँजाखेतीको कुरालाई हाँसोको रुपमा लिने गरेको भन्दै उनले यहि खेतीबाट मधेसमा सम्बृद्ध भन्दा पनि गौरवशाली परम्परा फर्काउन सकिने पनि तर्क गरे । 'यसले राष्ट्रिय एकता ल्याउनसक्छ । गाँजालाई केहि मान्छेले हाँसोको रुपम लिन्छ, किनभने यसमा अध्ययन अनुसन्धान गरेको छैन । उनले भने- 'हाम्रो नेपालको परिप्रेक्ष्यमा यसलाई हामीले समाउन सकियो भने यो गाँजा हुँदैन गाँउ जागरण हुन्छ ।'
कांग्रेसको 'क' र कम्युनिष्टको 'क ' मात्रै नभएर 'क' बाट करोड पनि हुने उनले तर्क गरे । साथै यहि आर्थिक जगमा बसेर विश्वमानवको कल्याण गर्नसकिने पनि उनको बुझाई छ । अहिले ५० औं लाख मनिसहरु बिदेसमा रहेको भन्दै उनले फर्किनेबितिक्कै गाँजाखेतिबाट स्वरोजगार बनाउन सकिने उनले बताए । गाउँमा बाँझै रहेको र छोडेर गएको जमिनमा यसको खेति गर्नुपर्नेमा उनको जोड छ । एक रोपनी गाँजाखेतीबाट ५ लाख कमाउन सकिने पनि उनको अनुमान छ । गाँजाखेतिबारे उनको बिस्तृत प्लान बारे बुझ्न भिडियो हेर्नुहोस ।