चीन विश्वभर आधिपत्य जमाउन लागिपरेको छ, धेरै कुराहरु परिवर्तन हुनसक्छ - डाक्टर पोखरेल
काठमाडाैं । जातीय पहिचान तथा द्वन्द व्यवस्थापन विज्ञ डाक्टर सुनिल कुमार पोखरेलले पैसा, स्रोत साधन या हातहतियारले मात्रै देश बलियो हुन्छ भन्नेहरुलाई कोरोना भाइरस महामारीले देखाइदिएकाे टिप्पणी गरेका छन् । डाक्टर पोखरेलले पैसा र हातहतियारले मात्रै देश बलियो नहुने रहेछ भन्ने पाठ सिकाएको टिप्पणी गरेका हुन् ।
बिगतका विश्वयुद्धले धनी देशलाई झन् धनी र गरिब देशलाई झन् झन् गरिब बनाएको भए पनि कोरोना भाइरसकाे महामारीले भने अहिलेसम्म गरिब देशलाई भन्दा सबैभन्दा धनी देशहरुलाई बढी संकटमा परेको बताए । 'जहिले पनि विश्वयुद्धहरु भयो केहि एउटा दुइटा बिकसित देशहरु त्यो विश्वयुद्धबाट सार्है नराम्रोसँग ध्वस्त भए तर अरु धनी देशहरु जस्ताको त्यस्तै रहे । धनी देशहरु झन् झन् धनी हुँदै गए र गरिब देशहरु झन झन् गरिअब हुँदै गए । हरेकपटक इकोनोमिक रिसेसन अर्थात आर्थिक मन्दी भएका छन नी त्यसले ती देशलाई केहि समयअप्ठ्यारो त पारेको छ त्यसपछि झन धनी भएका छन् ' उनले भने ।
तर आज आएर कोरोन भाइसरले चाहि विश्वका धनी र विकसित देशहरुलाई मात्रै बढी गाँजेको बताए ।'हिजो आएका रोगहरुले गरिब देशहरुमा सबैभन्दा धेरै देखिन्थे, जहाँ गरिब खान त्यहाँ बढी रोग लागेको देझिन्थ्यो तर यो कोरोना भाइरस यस्तो आयो की यसले सबैभन्दा धनी देशहरुलाई सबैभन्दा पहिले गाँज्यो ।' उनले भने -'अबको बिश्वलाई हेर्नुपर्ने कसरी हो भने पैसाले, इक्विपमेन्टले र हातहतियारले मात्रै देश चाहि बलियो हुन्छ भन्ने स्थिति यो भाइरसले अब देखाइदियो त्यो होइन रहेछ ।'
उनले पैसा र पावर, पैसा र स्रोत साधन या पैसा र हातहतियारको लडाइमा मात्रै जितेर प्रकृतिसँग जित्न सकिने रहेनछ भन्ने पाठ समेत कोरोनाले सिकाएको बताए ।
अर्को प्रसँगमा उनले चीन विश्वभर आधिपत्य जमाउन लागिपरेको पनि टिप्पणी गरेका छन् । कोरोना महामारी चीनबाट फैलिए पनि अहिले त्यहाँको अवस्था सामान्य हुदै गएको र अन्य विकसित देशहरु भने यसको चपेटमा परेको बेला आफ्नो देशको अर्थतन्त्र उकास्ने र अरु साना देशहरुलाई सहयोगको हात दिएर विश्व राजनीतिमा आफ्नो आधिपत्य कायम गर्ने प्रयास गरिरहेको उनले बताए ।
२ /३ बर्ष अघिसम्म मात्रै पनि चीनले अर्थतन्त्रलाई भन्दा पनि राजनीतिलाई खासै ध्यान नदिएको देखिएको तर अहिलेको अवास्थानामा भने राजनीतिलाई नै मुख्य केन्द्रविन्दु बनाउन खाेजेको उनको बुझाई छ । कोरोना महामारीको फेजपछि धेरै कुराहरु परिवर्तन हुनसक्ने उनको अनुमान छ ।