कभर स्टोरी

हिरासतबाट फर्केपछि भीम उपाध्यायले भने- ओली सरकारको लकडाउल फेल खायाे, यो त काष्टिङ मात्रै हाे

हिरासतबाट फर्केपछि भीम उपाध्यायले भने- ओली सरकारको लकडाउल फेल खायाे, यो त काष्टिङ मात्रै हाे

काठमाडाैं । फेसबुकमा स्टाटस लेखेवापत चार दिन हिरासत बसेर रिहा भएका पूर्वसचिव भीम उपाध्यायले सरकारको लकडाउन फेल भएको टिप्पणी गरेका छन् । नेपाल आजसंग कुरा गर्दै उनले मान्छेहरु रातारात बस चढेर हिड्नु नै लकडाउन फेल खाएको प्रमाण भएको बताएका छन् ।

'मलाई १५/१५ जना प्रहरीको भिडले समातेर लगेर गएको छ यहाँबाट लकडाउन फेल खाएन, सोसल डिस्टेन्शन फेल खाएन ?' उनले भने -'अहिले हामी चुप लागेका बसेका छौं, यसले ठुलो ब्यापार खत्तम हुने, कयौ कम्पनीहरु, बैंकहरु टाट पल्टिने, भोकमरी हुने, नसिचाई छ न मलखाद छ, न आयात छ न निर्यात छ त्यो देख्न त बाकि नै छ यो काष्टिङ मात्रै हाे के । फिल्ममा काष्टिङ मात्रै भन्छ नि ? अब हेर्नुहोला के-के हुन्छ ।'

कोरोनाले विश्वभर महामारी फैलिएको भन्दै नेपाल पनि त्यसबाट अछुत रहला भन्न सकिने अवास्था नै नभएको उनको दावी छ । भारत, बंगलादेश, अमेरिका बेलायतमा समस्या परे नेपालमा त्यसको हावाले नै समस्या ऊत्पन्न हुने उनको बुझाई छ । लकडाउनमा रोगबाट बचेर भोकबाट मर्ने दिन आउनसक्ने उनको भनाइ छ ।

विशेष