कभर स्टोरी

निर्लज्ज ! सरकार ढाल्न सांसदलाई सूरासुन्दरी, होटलमा सबै ब्यबस्था गर्न सांसदको माग !

निर्लज्ज ! सरकार ढाल्न सांसदलाई सूरासुन्दरी, होटलमा सबै ब्यबस्था गर्न सांसदको माग !

काठमाडाै। राजनीतिक विश्लेषक तथा प्राध्यापक डाक्टर सुरेन्द्र केसीले अहिलेको सत्तारुढ नेकपाभित्र सुरासुन्दरी काण्डको सिनारियो देखा परेको टिप्पणी गरेका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा उनले घटना ठ्याक्कै त्यसतै नभए पनि त्यस्तै त्यस्तै प्रकृतिको देखिएको टिप्पणी गरेका हुन् । विवादित अध्यादेश, मधेसवादी नेताको 'अपहरण' र त्यसपछि सांसदहरुलाई  होटेल मेरियटमा राखिएको घटनाक्रम त्यस्तै त्यस्तै प्रवृतिको रहेको उनले बताएका हुन् ।

प्रधानमन्त्री ज्यूकै निर्देशनमा पूर्व आइजीपी सर्वेन्द्र खनाल र सांसद महेश बस्नेतले  मदेशवादी दलका नेताहरुलाई अपहरण गरेको गरेको र होटल मेरियटमा सांसदहरुलाई राखेको कुरा आयो यस्तो गर्न किन जरुरी भयो ? भन्ने प्रश्नमा डाक्टर केसीले भनेका छन् - 'त्यो दुराशय प्रधानमन्त्री ओलीसँग थियो । यो सत्य कुरा हो ।' तर नेकपाको सचिवालय बैठकमा यो बिषयमा कुरा नै नउठेको उनको दावी छ ।

डाक्टर केसीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी फुटाउन प्रचण्डले चाहेको पनि टिप्पणी गरेका छन् । दल विभाजनसम्बन्धित अध्यादेश प्रतिपक्ष र सत्तापक्ष मिलेर ल्याइएको उनकाे दावी छ ।

अर्को प्रसँगमा डाक्टर सुरेन्द्र केसीले नेपालमा सबै पदहरू पैसामा बिक्रि हुने गरेको टिप्पणी गरेका छन् ।यो देशमा सबै मिलिभगत भएकाकारण कसैले कसैलाई कारवाही गर्नसक्ने अवस्था नभएको बताएका हुन्। हेर्नुहाेस भिडियाे

विशेष