यो यथार्थलाई सबैले बोध गरौं
कर्णबहादुर थापा, केन्द्रीय सदस्य, नेकपा
कोरोना भाइसरले सिँगो मानवजातिको अस्तित्वमा धावा बोलिरहेको छ । यसले पार्न सक्ने मानविय र आर्थिक क्षतिको आकलन अहिल्यै गर्न कठिन छ । मानवजातिले हरेक कठिनाईबाटै अझ उच्चस्तरको चेतना र ज्ञान प्राप्त गर्दै आजको समयसम्म आई पुगेको हो ।
प्रकृतिका घटनाहरु नै मानवजातिको ज्ञानका प्रमुख पाठशालाहरु हुन । मान्छेलाई मान्छे बन्न नदिने आर्थिक, सामाजिक र साँस्कृतिक प्रणालीले मानिसका बीचमा खाडल र पर्खालहरु खडा गरेको रहेछ भन्ने यथार्थ उजागर हुदैछ ।
मानिसलाई पूर्विय र पश्चिमा भनेर विभाजित गरियो । पश्चिमा सँस्कृति र पूविय सँस्कृति भनेर विभाजित गरियो । हिन्दु, ईसाई, वौद्ध र स्लाम भनेर विभाजित गरियो । धनी र गरिव भनेर विभाजित गरियो । विभिन्न जातमा विभाजित गरियो । कालो र गोरो वर्णमा विभाजित गरियो ।
वास्तवमा मान्छे त मान्छेमात्रै रहेछ । अनेक विभाजनले मान्छेलाई एकभएर प्राकृतिक विपत्तिका विरुद्धमा एकलयका साथ लड्ने स्थिति बनाइएनछ । निजी स्वार्थका कारण मान्छे मान्छेसँग लडिरहेन वाध्य भयो । कोरोना भाइरसले मानवनिर्मित सबै खाडल र पर्खाललाई भत्काउदै सबैमाथि समान रुपमा आक्रमण गर्यो ।
मानव मानववीचका खाडल र पर्खालहरु भत्काएर मानवजातिको रक्षा र खुशिका लागि विश्वमानव समुदाय एक भएर उठ्नु, जुटनु र एकतावद्ध पहलकदमी लिनु पर्दछ । जतिजति हामी नीजी स्वार्थमा विभाजित भई रहन्छौ । मानवजातिको विनास त्यति नै नजिक हुदै जाँनेछ । यो यथार्थलाई सवैले वोध गरौ ।