चिनियाँहरु भन्छन् - संसारको सर्वोच्च शिखर चीनमै पर्छ र सगरमाथा चीनकै हो
काठमाडौं । सन् १९६१ मा नेपाल र चीनबीच भएको एक सम्झौता अनुसार विश्वको सबभन्दा अग्लो हिमाल सगरमाथाको केही भागमा चीनको दाबीलाई नेपाललाई स्वीकार गरेको छ । विश्वनाथ पाण्डेको पुस्तक ‘डिस्प्युटड ल्याण्डस् एण्ड नेशनल ईन्टिग्रिटी’मा उल्लेख गरिए अनुसार सन् १९६१ को नेपाल–चीन सभ्झौताले सगरमाथाको पुर्वको पट्टीको केही वर्गमाईल चीनलाई दियो । तत्पश्चात चीनले सगरमाथाको अन्य भागहरुमाथिको आफ्नो दावी छोड्यो । उक्त सम्झौता अथवा चीनसित भएको अन्य कुनै पनि सम्झौताले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावीलाई स्वीकार गर्दैन् ।
यद्यपि चीनले पटक–पटक सगरमाथाको सर्वोच्च शिखर नै चीनमा पर्ने दाबी गर्दैआएको छ । हालसालै चीनीँया मिडिया सिजीटिएनले सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी गर्दै एक तस्विर ट्वीट गरेको छ । त्यस ट्वीटले सगरमाथा शिखरको विवादलाई पुनः एक पटक सतहमा ल्याइदिएको छ ।
सगरमाथाको सर्वोच्च शिखर चीनमा पर्ने दावी सिजीटिएनले मात्र नभई पर्यटन प्रर्वद्धनका लागि खोलिएका अन्य चीनिँया व्यवसायिक वेवसाईटले पनि गर्दछन् । topchinatravel.com ले आफ्नो साईटमा सगरमाथा नेपाल र चीन दुवैले साझा गर्ने भएतापनि यसको सर्वोच्च शिखर चीनमा पर्ने र सगरमाथा चीनकै भएको ठोकुवा गरेको छ ।
चीनद्धारा सगरमाथाको उचाईमा पनि विवाद
सगरमाथाको सर्वोच्च शिखरको उच्चाई ८,८४८ मिटर रहेको विश्वले मानेको छ । तर यस उच्चाईलाई चीनले मान्दैन । चीनको अनुसार सगरमाथाको उच्चाई ८,८४४ मिटर मात्र हो र चीनले यसको व्यापक प्रचार गर्दैआएको छ । चीनको सुन्दरता र बिशेषताहरुबारे विश्वभर प्रचारप्रसारका लागि खोलिएको वेवसाईट chinadiscovery.com ले सगरमाथाको उच्चाईं ८,८४४.४३ मात्र रहेको उल्लेख गरेको छ ।
नेपाललाई जानकारी नदिई चीनको टोली सगरमाथाको उचाइ नाप्दै
नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न भन्दै चीन सरकारको एउटा उच्चस्तरीय टोली सगरमाथाको आधार शिविर पुगेको छ । तर, यसबारे नेपाल सरकारलाई चीनले कुनै आधिकारिक जानकारी गराएको छैन । ली गुओपेंग नामका चिनियाँ अधिकारीको नेतृत्वमा ५५ सदस्यीय प्राविधिकहरुको टोली अत्याधुनिक उपकरणहरुसहित सगरमाथाको फेदीमा पुगेका छन् । नेपाल सरकारको प्राविधिक टोली सगरमाथाको चुचुरोमा पुगिसकेको र केही पटक सगरमाथाको फेदी र वरिपरिका क्षेत्रमा विभिन्न अध्ययनमा पूरा गरी उचाइ नाप्ने कार्य अगाडी बढाइरहेका पनि छन्। यस्तो अवस्थामा चीन सरकारले हतारिएर सगरमाथाको उचाइ नाप्न टोली नै बनाई सगरमाथाको चुचुरोतिर पठाउनुले सन्देह पैदा गरेको छ । सगरमाथा आरोहणका लागि पनि चीनले उत्तरी मोहोराबाट मात्रै आरोहण अनुमति दिने गर्दछ । बाँकी मोहोराहरुबाट आरोहीहरुले नेपालकै अनुमतिमा सगरमाथा चढछन् । यही उत्तरी मोहोरातर्फ आफ्नो भाग भएको दावी गर्दै चीनले सगरमाथाको उचाइ नाप्ने कार्य शुरु गरिसकेको छ । तर, के एउटा मोहोराबाट मात्रै सगरमाथाको उचाइ नाप्न सम्भव छ ? अवश्य छैन किनकि उचाइ नाप्न सबै मोहोहरुकै प्रयोग हुनुपर्दछ । पूर्व, पश्चिम र दक्षिण मोहोरा नाप्नुपर्दा नेपाली भूमिको प्रयोग हुन्छ । अनि नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक पर्दैन?
यही मे महिनाको ३ तारिक चिनियाँ सरकारको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको समाचारअनुसार, परम्परागत र आधुनिक दुवै विधि र प्रविधि प्रयोग गरी चीनले सगरमाथाको उचाइ नाप्ने प्रयास गरेको छ । सो समाचारअनुसार, यसअघि पनि केही पटक चीनले सगरमाथाको नाप गरिसकेको र १९७५ मा गरेको सर्भेमा सगरमाथाको उचाइ ८८८४.१३ मिटर र सन् २००५ मा गरेको सर्बेमा ८८४४.४३ मिटर चाइ पत्ता लागेको उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिंगको नेपाल भ्रमणका बेला जारी संयुक्त बक्तब्यमा नेपाल र चीनले सगरमाथाको उचाइ संयुक्तरुपमा नाप्ने कुरा उल्लेख गरिएको थियो। यसको अर्थ नेपाललाई थाहै नदिई नेपाली भूमि प्रयोग गरेर सगरमाथाको उचाइ नाप्न पाइन्छ भन्ने चाहिँ पटक्कै होइन । नापी विभागका एक उच्च अधिकृतले भने, ’नेपाली भूमि प्रयोग गर्दा नेपालको अनुमति आवश्यक हुन्छ ।
नेपालको अनुमति वेगरनै सगरमाथामा हुवावे ५ जी
हुवावेले केही दिन पहिले आफुले संसारको सर्वोच्च शिखरमा ५जी परीक्षण गरेको व्यापक प्रचार प्रसार गर्यो । सगरमाथा चीन र नेपाल दुवैको भएको सर्वविदित र यसलाई चीनले पनि मान्दैआएको छ । यस्तो अवस्था विश्वभर सुरक्षा जोखिम बढाउने भन्दै विवादमा रहेको हुवावेले सगरमाथामा एकतर्फी रुपमा ५जी विस्तार गर्न गरेको प्रयास गर्नु पनि उचित थिएन् । तर उसले नेपाललाई सहभागी नै नगराई सगरमाथामा ५जी परीक्षण गर्यो । उक्त परीक्षणमा अनुगमनका लागि भएपनि नेपालतर्फ प्रतिनिधी समावेश गर्नुपथ्यों । आधुनिक टेक्कोनेलोजी राष्ट्रिय सुरक्षासम्वद्ध हुनेभएकोले पनि सगरमाथामा हुवावेको ५ जीले नेपालको राष्ट्रिय सुरक्षामा असर नगर्ला भनेर भन्न सकिनन् ।
चीँनीयाले मान्दैन् सगरमाथालाई नै सर्वोच्च शिखर
चीँनीयाहरुले सगरमाथाको उच्चाईं कति छ भने कुरालाई मात्र विवादमा ल्याएको छैन् । चीँनीयाहरुले सगरमाथालाई विश्वको सवभन्दा अग्लो पहाड रहेको पनि स्वीकार गर्दैन् । चीँनीयाहरुले हावाईको माउण्ट केआलाई संसारको सबसे अग्लो पहाडको रुपमा प्रचार गरिरहेका छन् । chinahighlights.com को अनुसार विश्वको सबभन्दा अग्लो पहाड सगरमाथा नभई माउण्ट केआ हो जसको उचाई १०, २१० मिटर रहेको छ ।
नेपालतर्फ सगरमाथाको आरोहरण खतरनाक रहेको दुष्प्रचार
चीँनीयाहरुले नेपालतर्फबाट सगरमाथाको आरोहण गर्नु खतरनाक रहेको पनि दुष्प्रचार समेत गर्दैआएको छ । उनीहरुले नेपालतर्फबाट भन्दा पनि चीनतर्र्फबाट सगरमाथाको आरोहण गर्नु सुरक्षित रहेको प्रचार गर्दैआएका छन् । त्यतिमात्र होइन, उनीहरुले नेपालतर्फबाट आरोहरण गर्दा सगरमाथाबाट दृष्यहरु राम्ररी देख्न नसकिने दुष्प्रचार समेत गर्दैआएका छ । उनीहरुले विश्वभरिको आरोहीलाई चीनतर्फ तान्नका लागि नेपालविरुद्ध त्यस्तो दुष्प्रचार गर्दैआएका छन् ।
(यो सामग्री पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.org)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।)