विचार

देश कसरि अपमानित छ ?

देश कसरि अपमानित छ ?

युवराज संग्राैला

१. सन १८१४ मा साम्राज्यवादि आक्रमण भयो।
२. सन १८१५ मा युद्ध बिराम गर्ने मलौन सन्धिमा तब उपरान्त ब्रिटिस उपनिवेशी शासकको सेनामा सेवा गर्न पाइने प्राबधान राखियो र अक्टरलोनीले अमरसिंह थापालाई ब्रिटिस उपनिवेशको सेनामा प्रबेश गर्न अनुरोध गर्यो, उनी रोए। खोइ आज त्यो इतिहासको सम्मान भएको ?
३. नेपालको जमिन खोसियो।
४. नेपालमा ब्रिटिस प्रतिनिधि बस्न थाल्यो। उसकाे काम नेपालमा शासकहरुमा बिभाजन गर्ने र सत्ता बिद्रोह गराउने भयो। भिमसेन थापा, फत्तेजङ्ग, माथवर सिंह, गगन सिंह मारिए। यी सबै उपनिबेशी खेल थिए।
५. जङ्ग बहादुरलाई राष्ट्रवादी देख्नेहरुले बुझ्नु आवश्यक छ की उनी साम्राज्यवादको पक्षमा भारतीय जनताको बिद्रोह दबाउन आफै सेना लिएर भारत गए तर पनि उनको बंश नास गरिदिए, उपनिबेशी शासककाे सहयोगमा।
६. १८८६ मा वीर शमशेरले नेपाली युवा बेच्ने सनद जारी गर्यो।
७. १८८८ मा हरेक नेपाली युवा ब्रिटिसको सेवा गर्न जानू भन्ने हुकुम देव शमशेरले जारी गर्यो।
८. चन्द्र शमशेरले हामी तपाईहरुको सेवामा उपस्थित छौं भनी बेलाएतको ताबेदारी गर्यो। पहिलो बिश्वयुद्धमा ८६ हजार नेपाली युद्धमा मरे। दोस्रो बिश्वयुद्धमा १०९ हजार नेपाली मरे युद्धमा।
९. सन १९५० मा पद्म शमशेरले भारतसङ्ग सन्धी गरे। नेपालको मन्त्रीपरिषदमा भारतीय सचिब आए। नेपालमा भारतीय सेना आयो। नेपालको हरेक कुरा दिल्लीले निर्देश गर्न थाल्यो।
१०. पश्चिमि शक्ति नेपालको बिभाजनको खेल खेल्न थाल्यो। सन १९५६ सिल भन्ने बिदेशी संस्था आयो, नेपालको भाषा समाप्त गर्ने खेल खेल्न थाल्यो। सिआइएले खम्पा बिद्रोहका लागि नेपालको भूमि प्रयोग गर्यो।
११. २०२८ सालमा नयाँ शिक्षाका नाममा नेपालको इतिहास, पहिचान र सबै मौलिकता समाप्त पार्ने अर्को षड्यन्त्र भयो।
१२. २९४७ पछि नवउदारबादका नाममा देशको उद्धोग र ब्यापार बिदेशीका हातमा सुप्मीने काम भयो।
१३. देशका राजनीतिक दलहरु एन्जिओले चलाए।
१४. मधेश फुटाउन सिके राउत ल्याइयो।
१५. बिदेशीको गुलामी गरेर सत्ता प्राप्त गर्ने खेल शुरु भयो। कम्युनिस्ट र कांग्रेसले आफ्ना बिचारधारालाई तिलान्जली दिए।

आज पनि देश गरिब छ। आज पनि गरिबले खान पाँउदैन। शिक्षा ब्यापार भएको छ। स्वास्थ ब्यापार भएको छ। आज पनि हाम्रा नागरिक बिदेशीका सेनामा काम गर्छ्न। देश बाँझो छ। सिमानाभित्र बिदेशी सेना सडक खन्छ। देशको कानुनभन्दा अमेरिकी संस्थाकाे नियम ठूलो हुने सन्धी हुन्छ।

के देश अपमानित छैन ? राजनीति जे आए पनि नेतृत्व फेरिएन। देशको राजनीति केही मानिसका लागि प्रधानमन्त्री बन्ने खेल मात्र बन्यो। देशको यस अपमानित हैसियतभित्र अहिले पनि सामन्तबादी चिन्तन यथाबत छ। जबसम्म देशको स्वाभिमान स्तापित हुँदैन तबसम्म बिदेशीका हस्तक्षेप रोकिदैनन्। अब नेपालीले स्वाभिमानको पाठ सिक्नु आवास्यक छ। 

यो २१सौं शताब्दी हो, अब देशको शासन १९ सताब्दीले गर्न सक्दैन। देशका विरुद्धमा बिदेशीको जुठो खाने, बिदेशी एजेन्ट बनेर देशघाती सम्झौता गर्ने, देश नक्सा बदल्ने, सरकारी मानिस भएर रास्ट्र्का विरुद्ध काम गर्ने २०० बर्षको इतिहासलाइ बिदा गर्नुको बिकल्प छैन।

विशेष