जनतालाई राहत दिने बेला राष्ट्रबादको नाममा उचालेर आफ्नो पद जोगाउने यो समय होइन्
प्रधानमन्त्रीलाई खुल्ला पत्र
प्रिय प्रधानमन्त्रीज्यु, यो बेला रोक र भोकले थलिएको जनतालाई राहत दिने बेला हो, राष्ट्रबादको नाममा उचालेर आफ्नो पद जोगाउने बेला होइन् ।
विगतमा भू–राजनीतिले नेपालको आन्तरिक राजनैतिक मामिला असर पारेका घटनाहरूको शृंखला हामिले देखेका छौं । नयाँ क्षेत्रहरू समावेश गरेर नक्शा जारी गर्ने निर्णयले हामि जस्ता लाखौं नेपाली युवाहरूलाई उत्साहित तुल्यायो । हामि शिर ठाडो पार्यो तर अब हामि गर्वले भन्न सक्छौं कि हाम्रो राष्ट्रियता भारतसामु झुक्दैन् । तर दिल्ली र काठमाडौंमा तपाईंलाई पदबाट हटाउन षडयन्त्र रचिएको तपाईंको भनाई र सडकमा तपाईंको समर्थनको अस्त्रको रुपमा प्रयोग गरिएको राष्ट्रियताका नाराहरुले हामिलाई निराश तुल्याएको छ, अलमल्लमा पारेको छ र चिन्तित बनाएको छ ।
म निराश छु की तपाईंका कार्यकालमा पनि नेपालमा वैदेशिक हस्तक्षेत्र रोकिएन र नेपालको सार्वभौमसता अझै खतरामा छ । विदेशीको षड्यन्त्रले तपाई स्वयमलाई नै पदबाट हटाउन सक्ने रहेछ भने नेपालमा सार्वभौमतालाई तपाईंले कसरी बचाउन सक्नुहुन्छ भन्नेमा अब हामि अलमलमा परेका छौं । तपाईंलाई हटाउन नयाँ दिल्लीमा भईरहेको षड्यन्त्रको बारेमा चेतावनी दिने खुफिया संरचनाले कसरी हाम्रो इलाकामा ८० किमि लामो सडक निर्माण भईसकदा पनि सुचना दिन सकेन ? यसले पक्कै पनि एक तटस्थ नेपाली यूवाको मनमा शंका उत्पन्न हुन्छ कि कतै तपाईले आफ्नो पद जोगाउन फेरि पनि राष्ट्रियतालाई अस्त्रको रुपमा त प्रयोग गरिराख्नु भएको छैन् ।
कोभिड–१९ को महामारीको चलिरहेको बेला र सारा विश्वले भिड जम्मा गर्ने सबै कार्यक्रमहरु रोकेको बेला तपाईको पक्षमा राष्ट्रियताको नारा लगाउँदै जम्मा हुने भिड के नेपालको राष्ट्रियताको रक्षा हुन्छ ? के तपाई एकजनालाई पदमा राखिरहन हामिले करोडौं नेपालीलाई कोरोनाको जोखिममा राख्न जायज हुन्छ ।
यदि तपाईंलाई विदेशीले पदबाट हटाउन षडयन्त्र गरेकै हो भने पनि तपाईंले ती षडयन्त्रलाई गोप्य राख्नु पर्दथ्यो र त्यसको काउण्टर राज्यका सरचनाहरुले गर्नुपर्दथ्यो । षडयन्त्रहरु सार्वजनिक गर्ने कुरा होइनन् । नीतिले त्यहीँ भन्छ । विदेशीको खुफिया षडयन्त्रविरुद्ध लड्ने कार्यमा यस महामारीको बेला भिडलाई खटाउने कार्यले फेरि तपाईंमाथि प्रश्न चिन्ह खडा गर्दछ ।
यस कृत्यले यस अनुमानलाई बल पु¥याउँछ की तपाईंले आफ्नो पद जोगाउन सोझा साझा निमुखा जनतालाई राष्ट्रवादको प्रयोग गरी महामारीको जोखिममा पार्दैहुनुहुन्छ ।
मेरो सुझावलाई यो छ कि राष्ट्रियता जोगाउनु होस्, हाम्रो मिचिएको भूमि यथाशीघ्र फिर्ता ल्याउनुहोस् तर साथसाथै आम जनताको दैनिक जिवनयापनका समस्याहरु पनि बुझिदिनुस् । महामारीले थलिएको जनताको रोग र भोकको निवारणको सट्टा उनीहरुलाई जोखिम राखेर आफ्नो पद जोगाउन दुरुपयोग गर्नु तपाईँका आदर्श वाक्य ‘सुखी नेपाली समृद्ध नेपाल’ अनुरुप पक्कै पनि छैन ।
तपाईंले बारम्बार प्रयोग गर्ने राजनीतिक शब्द जस्तै – राष्ट्रियता, भारत, षड्यन्त्र, मेरो सरकार, सार्वभौमिकता, इत्यादि सबै जनताको खपतको लागि हुनुहुदैन । अहिले जनतालाई सुख दिने कार्य गर्नुस र राष्ट्रियतको रक्षा गर्ने कार्य अनि षडयन्त्रलाई चिर्ने कार्य गर्न राज्यका संरचनाहरुलाई खटाउनु होस् । विदेशीको विरुद्धका जनतालाई उचालेर राष्ट्रको हित हुदैन भन्ने कुरा तपाईले बुझिदिनुपर्छ । तर विडम्बनाको तपाई कुरा विदेशीको विरुद्ध आम जनताको परिचालन आफुले जोगाउने रणनीति जस्तै मात्र लाग्न थालेको छ ।
कृष्ण बहादुर मगर,
रुकुम हाल मलेसिया