कभर स्टोरी

शिर्ष नेता भेटे पछि राजदूतको 'मूड चेन्ज', ओलीलाई हटाउने प्रस्ताव बेइजिङग पठाइन

शिर्ष नेता भेटे पछि राजदूतको 'मूड चेन्ज', ओलीलाई हटाउने प्रस्ताव  बेइजिङग पठाइन

चिनियाँ राजदूत होउ यान्छीले नेकपाभित्र चर्किरहेको सत्तासंघर्ष उत्कर्सको समयमा नेकपा शीर्षनेताहरुसँग भेट गरिन्।  उनले गरेको भेटघाट विवादास्पद रह्यो।   

यसै समयमा भारतीय केहि  मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आपत्तिजनक कुरा र टिकाटिप्पणीहरु सार्वजनिक भए। त्यस पस्चात उनको भेटघाटको श्रृङखला केही घटेको देखिन्छ। यद्यपि उनी नियमित रूपमा शीर्ष नेताहरूको सम्पर्कमा छिन्।  

उनले पुष्पकमल दाहाल प्रचण्ड झलनाथ खनाल र माधवकुमार नेपालसँग नेताहरुको  आ-आफ्नै निवासमा गएर भेट गरिन्। उनले पार्टीभित्रको विवाद मिलाउने प्रयास गरेकी थिइन्। अस्थायीरुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पद जोगाएकी पनि हुन्।  

तर पछिल्लो नेताहरुसँगको भेटमा भने नेताहरुले उनको गतिविधिप्रति आपत्ती जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे।

सबै शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोस पोखे।  

प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टीको एकताको केन्द्रबिन्दु  बन्न नसक्ने बरु प्रधानमन्त्री केपी शर्मा ओली कै कारणले पार्टी फुट्ने सम्भावना रहेको बताए। 

प्रधानमन्त्री केपी शर्मा ओली एकदमै पूर्वाग्रही नेता रहेको पूर्वप्रधानमन्त्री माधव कुमार  नेपाल ले चिनियाँ राजदूतलाई भनेको  बताइएको छ।  उनी पार्टी नेतृत्वमा रहेको बेला प्रधानमन्त्री तत्कालीन अवस्थामा केपी ओलीलाई माधवकुमार नेपालले एकदमै पेलेको र भूमिका नदिएको केपी ओलीको बुझाइ रहेको र अहिले केपी ओली नेतृत्वमा भएको समयमा नेपाल पक्षधर नेता तथा कार्यकर्ताहरुलाई भूमिका  नदिने, पेल्ने, हेप्ने र थर्काउने रणनिति केपी ओलीले लिएको उनको  बुझाई रहेको छ।   

यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिनियाँ राजदुत समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर नेता-कार्यकर्ताहरुलाई घण्टौं कुराउने  र बेतुकका कुरा गर्ने भन्दै आलोचना गरे।   

केपी ओलीको नेतृत्वमा अब पार्टी चल्न नसक्ने र उनले सरकारको नेतृत्व पनि कुशलतापूर्वक नगरेको पुष्पकमल दहाल प्रचण्डले चिनियाँ राजदूत होउ यान्छी समक्ष राखे। 

चिनियाँ राजदूत होउ यान्छी सिर्सनेताहरु भेटेपछि अब के पी ओलीले सरकार तथा पार्टीको नेतृत्व गर्न नसक्ने  निष्कर्समा पुगिन्।  यस्तो स्थिती कायम रहे उनको र चिनियाँ सरकारको  अझ  धेरै बदनाम हुने उनको बुझाइ रह्यो। र यस परिस्थीतीको रिपोर्ट बनाएर बेइजिङ्ग पठाइन। आफ्नो रिपोर्टिङ्गमा चिनियाँ सरकार समक्ष १५ दिन भित्र ओली सरकारविरुद्ध एक्सन लिन सुझाब दिएको  स्रोतको दाबी छ।

विशेष