विचार
नेकपा फुटबाट जोगिने उपाय
शंकर भण्डारी
नेपाली जनताको अपार समर्थनमा सरकार निर्माण गर्न सफल मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा अहिले आन्तरिक अन्तरसंघर्षको संक्रमणकालीन भूमरिमा फँसेको छ । संसार भरको कम्युनिष्ट आन्दोलनलाई सन्देश दिने गरी जनताको मतप्राप्त गरेको र अपार बहुमतका साथ सरकार चलाईरहेको नेकपा भित्रको विवादले समग्र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यप्रति गम्भिर चिन्ता बढाएको छ । पार्टीमा जारी विवादका कारण नेकपाका कार्यकर्ता र समर्थक मात्रै होइन नेपालमा स्थीरता र समृद्धि चाहने जो कोही नेकपा भित्रको विवादलाई नजिकबाट नियालिरहेका छन् र मुलुक कतै पुनः अस्थिरताको चंगुलमा फँस्ने त होइन, भन्ने चिन्ता गरिरहेका छन् ।
नेताहरूका बीचमा जारी स्थायी समिति बैठकबाट औपचारिक र ठोस निर्णय गर्नु अघि अविश्वास घटाएर पार्टी एकढिक्का बनाउने ब्यापक छलफल चलिरहेका त छन् छलफलको दिशा सकारात्मक छैन । खासगरी पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका बहुमत सचिवालय र स्थायी कमिटिका नेताहरू प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष हँुदै दुवै पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओलीले दुवै पद नछाड्ने दोहोरयाई सकेका छन् । विषयवस्तु यस्तो पेचिलो बन्दै गए पछि पार्टीका दोस्रो तहका नेताहरू पार्टीलाई फुटको संघारबाट जोगाउन लागिपरेका छन् । नेकपामा प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर भुषको आगो झैं सल्कीरहेको आगो निभाउन उपयुक्त हुने उपायबारे यो आलेखमा चर्चा गरिन्छ ।
ओलीको त्याग
क= ओली नेकपा पार्टीको प्रमुख अभिभावक हुन् । यो पार्टीको पहिलो अध्यक्ष हुन् । ओलीले आफ्नो कुर्सी भन्दा वा स्पष्ट भाषामा आफ्नो पदभन्दा यो राष्ट्रको माया गर्नु पर्छ अथवा आफ्नो पार्टीको माया गर्नु पर्छ । उहाँले नेकपा पार्टीको विभाजनको अवस्था आएमा पार्टी अध्यक्ष परित्याग गर्नुपर्छ त्यति मात्रले नपुगे प्रधानमन्त्री पद पनि परित्याग गर्नुपर्दछ । दुईटै पद परित्याग गरेर पनि नेकपा पार्टीलाई सुदृढीकरण, सवलीकरण र नेपालको राम्रो पार्टी बनाउन प्रयास गर्नु उपयुक्त हुन्छ । दुईटै पद परित्याग गरेर पनि लाखौं कार्यकर्ताको भावना अनुसार चल्नु भयो भने उहाँ कम्युनिष्ट पार्टीको आदर्श व्यक्तित्वको रूपमा अग्र पंक्तिमा आउनु हुन्छ । यदि उहाँले कुनै पनि पद परित्याग नगरी यो पार्टी विभाजन हुन पुग्यो भने कम्युनिष्ट आन्दोलनको इतिहासमा उहाँलाई कलङ्कको रूपमा गनिने छ । तर पंक्तिकारले उहाँलाई नेकपा पार्टीको एकतालाई जोगाउन निम्न सुझावको अनुरोध गर्दछ ।
पहिलो सुझाव
क= ओलीले दुई वटा पद मध्ये एउटा छोडन जरुरी देखिन्छ । कि उहाँले पार्टी अध्यक्ष छोडेर अर्काे व्यक्तिलाई हस्तान्तरण गर्ने आफू प्रधानमन्त्री मात्र भई राख्ने । पंक्तिकारको विचारमा यो देश अस्थिरता बाट गुज्रेको कारणले ५ बर्ष नै क. केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने तर उहाँले पार्टी अध्यक्ष पद छाडने । त्यो पार्टी अध्यक्ष पदमा क। प्रचण्ड र माधव नेपाललाई हस्तान्तरण गरी नेकपा पार्टीको सबै नेताहरूको सम्मान गर्दा उचित होला की <
दोस्रो सुझाव
यदि उहाँले पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पद पनि त्याग गर्न सक्नु भएन भने उहाँले आफुभित्रको अहंकार, घमण्ड, स्वेच्छाचारी प्रवृत्ति लाई परित्याग गरेर एउटा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाई त्यो संयन्त्र मार्फत सरकार चलाउने गरी अगाडी बढ्छु भन्ने प्रतिबद्धता गर्नु भयो भने त्यो पनि दोस्रो विकल्प हुन सक्छ की ? जस्तो नेकपाका पूर्व प्रधानमन्त्री क। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र क. बामदेव गौतमको एउटा शक्तिशाली राजनीतिक संयन्त्र बनाएर सरकार संचालन गर्ने हो भने यो पनि दोस्रो विकल्प हुन सक्छ की <
तेस्रो सुझाव
क= ओलीलेस्थायी कमिटिले जे निर्णय गर्छ त्यो निर्णय मान्न तयार छु किनकी पार्टीभन्दा, कमिटिभन्दा ठूलो म हैन मेरो पद हैन भनेर सकारात्मक तरिकाले सोचेर नेकपाको स्थायी कमिटिको निर्णय मान्छु भनेर क. ओलीले स्वीकार गर्दा पार्टी भित्रको फुटको दुर्घटना बँच्छ । यसो गर्दा स्थायी कमिटिले क। ओलीको पनि उच्च सम्मान गर्दछ । हेक्का रहोस राजा ज्ञानेन्द्रले त सहजै निर्णय स्वीकार गरे र सयौं वर्षदेखिको आफ्नो श्रीपेचलाई परित्याग गरे भने क. के.पी ओली त्याग गर्न किन डराएका <
सामूहिकताको आधारमा चल्ने नेकपा पार्टीलाई फुटबाट जोगाउन नेताहरूको सामुहिकताको आधारमा पार्टी पनि चलाउने र सरकार पनि सञ्चालन गर्ने । यसो गर्दा सबै नेताहरूको अपनत्व हुन सक्दछन् । व्यक्तिबादी, स्वेच्छाचारी तरिकाले भन्दा सामुहिकताको आधारमा निर्णय गर्दा सबैको भावना, बुद्धि विवेक पनि समेटिएको हुन्छ । नेकपा पार्टीलाई सामुहिकताको आधारमा चलाएर अघि बढछु भन्ने प्रतिबद्दताका साथ व्यवहारमा ओलीले देखाउनु भयो भने अहिलेको पार्टी भित्रको संकट टर्न सक्छ तर अहंकार सोचबाट अगाडि बढ्यो भने नेकपाको दुर्घटना कसैले रोक्न सक्दैन ।
मन्त्रिपरिषद हेरफेर गर्ने
हालको मन्त्रिपरिषदमा गएका कतिपय मन्त्रिहरूलाई राजीनामा गर्न लगाएर सरकार राम्रो सँग संचालन गर्न सक्ने व्यक्तिलाई मन्त्रि पदमा लिने, त्यो पनि सबै नेताहरूको सम्मान हुने गरी र राम्रो काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिँदा एक हदसम्म पार्टीको फुटको दुर्घटना टर्न सक्छ । मन्त्रिपरिषद हेरफेर गर्दा पार्टीको निर्णयको आधारमा गर्दा झनै राम्रो हुन्छ । मन्त्रिको कार्यक्षमता, योग्यता, जनताका बिचमा उसको मन्त्रालयबाट कति राम्रा कामहरू भए भनेर मूल्याङ्कन गरेर निचोडमा पुग्नुपर्दछ तर मेरो गुटको होस, मेरो यस म्यान हो भनेर जे गर्दा पनि बचाउ गर्न थाल्यो भने झनै समस्या आउन सक्छ तसर्थ मन्त्रिपरिषद हेरफेर गरेर सबैको सामुहिकताको आधारमा निर्णय गरेर अघि बढयो भने पार्टीको फुटको अवस्था टर्न सक्छ ।
पार्टीभित्रको शक्ति सन्तुलन मिलाउने
नेकपा पार्टी चरम संकटमा जानुको कारण पार्टीमा विधि, पद्दति, विधान अनुसार र शक्ति सन्तुलन नमिलाउनु पनि हो । नेकपा पार्टी नेता नै नेता भएको ठूलो पार्टी हो । यो पार्टीमा ४ जना त प्रधानमन्त्री भइसकेका पार्टीका अध्यक्ष÷महासचिव भइसकेका नेता मात्र छन्। अझ धेरै पुराना अनुभवी नेताहरूको संख्या पनि कम छैन । त्यसैले पार्टीभित्रको शक्ति सन्तुलनलाई मध्य नजर गर्नुपर्ने देखिन्छ । जस्तो केपी ओली पक्षधरको मुख्य मन्त्री छन भने त्यो प्रदेशको पार्टी इन्चार्ज प्रचण्ड पक्षधरको या माधव पक्षधरको वा झलनाथको पक्षधरको व्यक्तिलाई जिम्मेवारी दियो भने शक्ति सन्तुलन मिल्न सक्छ । कि त सबै नेताहरूका गुटहरूमा आगो सल्काएर जलाउनु पर्याे र पार्टीलाई विधि पद्दतिको मापदण्ड अनुसार हरेक व्यक्तिलाई जिम्मेवारी दिनु प¥यो हैन भने शक्ति सन्तुलन मिलाउन जरुरी देखिन्छ ।
सचिवालय विस्तार गर्ने
नेकपाको ९ जनाको सचिवालय निर्माण भएदेखि नै चरम असन्तुष्टि बढेको थियो । सचिवालय बनाउने क्रममा नै प्रतिशोध तरिकाले सिनियर नेताहरूको अपमान गर्ने काम गरियो । विधि, पद्दति भन्दा आफुलाई मन परयो भने सचिवालयमा राख्ने मन परेन भने सिनियर नेतालाई जुनियर नेताको मातहतमा राख्ने कार्य गरियो तसर्थ कि यो सचिवालय भंग गर्नु पर्दछ हैन भने १७ जना सम्मको सचिवालय बनाएर सबैको सम्मान गर्नु आजको आवश्यकता हो ।
मुख्यमन्त्री फेर्ने
नेकपाको फुटलाई जोगाउन अर्काे विकल्प मुख्यमन्त्री फेर्ने पनि एउटा एजेन्डा हुन सक्छ किनकी प्रदेश सरकार निर्माण गर्दा आफ्ना यस म्यानलाई मात्र मुख्य मन्त्रि बनाइयो । त्यो मुख्य मन्त्रिको न क्षमता हेरियो न कुनै सिनियरिता हेरियो । यस कारणले पनि नेकपा भित्र चरम संकट उत्पन्न भयो । उदाहरणको रूपमा प्रदेश नं ३ को मुख्यमन्त्री छनोट गर्दा पार्टीको केन्द्रिय उपाध्यक्ष भइसकेकी व्यक्तिलाई अपमानगरी पार्टीको जिल्लाको नेतासँग पराजय गरी अपमान हुने काम गरियो । त्यसैले अहिलेका केही मुख्यमन्त्रिलाई परिवर्तन गरी काम गर्न सक्ने भिजन भएका र पार्टी भित्रको शक्ति सन्तुलनको आधारमा मुख्य मन्त्रिको जिम्मेवारी दियो भने यो पनि एउटा विकल्प हुन सक्छ ।
राष्ट्रपतिको निष्पक्ष भूमिका
राष्ट्रपति संस्था सबैको साझा संस्था हो । मर्यादित संस्था हो । मर्यादित संस्था भएकोले कसैको पक्ष वा विपक्षमा नगएर समग्र राष्ट्रको हितलाई मध्य नजर गरेर संविधान अनुरूप चल्नु पर्दछ । तर आजका दिन सम्म राष्ट्रपतिको भूमिकालाई हेर्दा के।पी। ओलीले जे भन्नुहुन्छ उहाँ तुरुन्तै प्रमाणीकरण गर्नुहुन्छ भनेर बेलाबखत टिका टिप्पणी नभएका हैनन् । तसर्थ नेकपा पार्टी भित्रको आन्तरिक समस्या राष्ट्रपतिसँग जोडिनु दुःखद हो । यदि विद्या भण्डारीको ठाउँमा अहिले अर्काे राष्ट्रपति भएको भए केपी ओलीले जे चाह्यो त्यही निर्णय गर्न सक्ने थिएनन । तसर्थ सम्माननीय राष्ट्रपतिज्यूले निष्पक्ष भूमिकामा बसेर राष्ट्रपतिय संस्थाको गरिमालाई उच्च राख्न आवश्यक देखिन्छ ।
पहिलो पुस्ताका नेताका त्यागको आवश्यकता
केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमले सम्पूर्ण स्वार्थहरू परित्याग गरी हाम्रो पुस्ताले पार्टी यहाँसम्म ल्याई पुरयायौ अब हामी पार्टीको अभिभावक भएर बस्छौं । कुनै कार्यकारी पदमा बस्दैनौ तर पार्टीलाई कुनै हालतमा फुटन दिँदैनौ भनेर आफ्ना व्यक्तिगत स्वार्थलाई परित्याग गरी दोस्रो पुस्ताका नेताहरूलाई जिम्मेवारी सुम्पिने निर्णय गर्नु भयो भने नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँहरूका नामहरू स्वर्णिम अक्षरले लेखिने छन् र नेपालको इतिहासमा कम्युनिष्टका नेताहरू महान रहेछन भनेर युगौ युगसम्म नेपाली जनताले पनि सम्झिरहने थिए । यो साहस तपाईहरू गर्ने की नगर्ने ? तसर्थ नेकपा पार्टीलाई फुटबाट जोगाउने हो भने सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्न सक्नु पर्दछ ।
लेखक M नेकपाका युवा नेता हुन ।