रामको नाम लिन सिकाउने समकालीन बिस्वको नम्बर वन कम्युनिस्ट नेता

धर्मशास्त्र अनुसार मानिसले भगवानको भक्ति गर्नुपर्दछ। हाम्रा प्रधानमन्त्री धर्म मान्ने अलिक फरक खाल कम्युनिस्ट हुन । समकालीन बिश्वको सबसे लोकप्रिय धार्मिक कम्युनिस्ट नेता हुन। हाल उनी रामभक्तीमा लिन कम्युनिस्ट हुन । पुजा अर्चना गर्नु भक्तिको एक महत्त्वपूर्ण भाग हो । तर यदि कुनै कारणबस पुजा अर्चना गर्न सकिएन भने भगवानको नाम मात्र लिए पनि पुग्छ । हाम्रा हजुरबा हजुरआमाको पुस्ताले नित्य पुजा अर्चना गर्नुहुन्छ नै। त्यसको अलाबा हरेक पल भगवानलाई मनमनै भगबानको नाम लिइरहनु हुन्छ। राम राम ! नारायण नारायण ! हरि हरि !
भगवान बिष्णुका अनेक नामहरु छन्। जिबनको अन्तिम सास लिने बेला जुनै पनि नामले पुकार गरेपछी स्वर्गमा बाँस पाइन्छ भन्ने आम बिश्वास छ। त्यसैले, अन्तिम बेला मानिसहरुले भगवानको नाम लिन्छन। अन्य अवस्थामा धर्मिक मानिसले मात्र भगवानको नाम त लिइरनु त स्वभाविक नै हो । तर अधार्मिकलाई भगवानको नाम लिन गार्है पर्छ ।
यहाँनेर एउटा कथा सान्दर्भिक हुन जान्छ । एक जना धर्ममा बिस्बास नगर्ने वृद्ध जिबनको अन्तिम अबस्थामा हुनुहुन्थ्यो । परिवारका अन्य सदस्यहरु भन्ने धार्मिक थिए। उनको स्वर्गमा बाँस होस भन्ने परिबारको चहाना थियो। त्यसैले उहाको श्रीमतीले राम राम, नारायण नारायण , हरि हरि भनेर भगवानको नाम लिन उहालाई सुझाउनुभयो। तर चाह्दा चाहदै पनि उनले भगवान उच्चारण गर्न सकेनन् । अब भगबानको पुरै नाम लिन नसके नि हरिको ह त उच्चारण गर्न सक्नुहुन्छ कि भनेर हरियो काक्क्रो देखाएर सोधियो। छोराले सोधे, 'बा यो काक्रो कस्तो छ ?' बा'ले जबाफ फर्काउनु भयो,'कलिलो छ ।' हरियो जबाफ आउला भन्ने अपेक्षा थियो। जति प्रयास गर्दा पनि हरिको नाम लिन सक्नु भएन । अन्त्यमा बा' बित्नु भयो।
हामी कहाँ धर्म नमान्ने थुप्रै कम्युनिस्टहरू छ्न । उनीहरूले पनि भगवानको नाम लिन जान्दैनन् तर हालसालै प्रधानमन्त्री ओलीले रामको नाम लिएर ती सबैलाई भगवानको नाम लिन सिकाएका छन ।
भगबान रामलाई बिषणुको अबतार मानिन्छ । असत्यमाथि सत्यको बिजयको प्रतीकको रुपमा रामलाई लिइन्छ । त्यसैले राम नाम नै सत्य हो भन्ने धार्मिक विश्वास छ । जिबन भरी रामको नाम लिऔ भन्ने कतिपय मानिसहरु छन। प्रधानमन्त्री खड्ग प्रसाद ओलिले नेपाल र भारतका लाखौ/करोडौं मानिसलाई रामको नाम लिन सिकाउनु भएको भन्ने कतिपयको बुझाइ छ । अधर्मतर्फ गइरहेको हामो समाजमा रामको चर्चा हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।
यदि धर्म मान्ने हो भने रामनाम नै सत्य हो र रामको नाम लिऔ । यसले हामीलाई कोरोनाविरुद्ध लड्न पनि शक्ति प्रदान गर्ला कि ?