रहेनन् राष्ट्रकवि घिमिरे

वि सं. १९७६ असोज ७ गते लमजुङको पुस्तनमा जन्मेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा दुखद निधन भएको छ ।उनको बुहारी बिजेता घिमिरेको अनुसार मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निजी निवासमै निधन भएको हो ।
नेपाली हामी रहौला कहाँ तथा अन्य थुप्रै कविताका रचनाकार आज हामी समक्ष रहेनन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख उपविधाहरूमा सिर्जना दिँदै आइरहेका थिए । मृतक आत्माको चिरशान्तिको कामना गर्दछौँ ।