मुख्य समाचार

भारतको जासुसीमा चिनियाँ दुतावासको लगानी

भारतको जासुसीमा चिनियाँ दुतावासको लगानी

काठमाडौं। नेपालमा चीनले हस्तक्षेपकारी भूमिका खेलिरहेको भन्दै पछिल्लो समय सरकार र चीनको चर्को आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय स्तरमा समेत चीनले अमेरिका र अफ्रिकालाई विभिन्न ऋण, अनुदानको जालोमा फसाइरहेको भन्दै आलोचना भइरहेको छ ।

नेपालमाठूलो लगानीको आशा देखाइरहेको चीनको निशानामा अहिले नेपाल रहेको छ ।नयाँ नक्सा सार्वजनिक भएसँगै नेपाल भारत सम्बन्धमा दरार पैदा भएको छ ।
यही बीचमामजबुत चिनियाँ राजदूतले नेपाल कम्युनिस्ट पार्टीको एकतालाई खेलको भूमिकाको पनि चर्को विरोध भएको थियो । यही बीचमा भारतको जासुसीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारलाई चीनले ठूलो रकम लगानी गरेको खुलासा भएको छ ।

नेपालस्थित चिनियाँ दूतावासले करिब एक करोड ५० लाख नेपाली रुपैयाँ लगानी गरेको खुलेको हो । नेपालभारत प्रबुद्ध व्यक्ति समूहका सदस्य राजन भट्टराईलाई सन् २०१७ अक्टोबरमाउक्त रकम दिइएको खुलासा भएको हो । चीनसँग भएको भारतको जासुसी परियोजना प्रमुख राजन भट्टराईको श्रीमति गीता गौतमलाई उक्त रकम नबिल बैंकमार्फत हस्तान्तरण गरिएको पाइएको छ ।

विशेष