अशोक दर्जी अहिले के गर्दै होलान् ?
बाल गायक अशोक दर्जीको जन्म वि.सं २०६६ मङ्सिर १५ गते दमक,झापाको भालुखोला भन्ने ठाउँमा भएको हो । उनी पूर्ण दर्जी र ललिता दर्जीका छोरा हुन् ।
अशोक दर्जीले ३ बर्षको उमेरदेखि नै गाउन थालेका थिए । उनी पहिल आर्थिक अवस्थाका कारण सडक छेउमा गायर केही पैसा संकलन गर्थे ।
उनी गरीब परिवारमा जन्मेकोले उनको परिवारलाई दिनको दुई पटक खाना खान पनि मुस्किल पर्थ्यो । त्यसकारण उनले आफ्नो स्कुल छोडेर स्थानीय बजारमा गीत गाउन शुरू गरेका थिए ।
त्यसपछि आफ्नो प्रतिभा र कडा मेहनतका कारण उनले प्रख्यात र प्रतिभाशाली गायक र संगीत निर्देशक टंक बुढाथोकीको साथ पहिलो गीत ‘मन बिनाको धन’ गाएर लाखौं नेपालीको हृदय कब्जा गरेका थिए र गीत ट्रेंन्डिङमा समेत पुग्न सफल भएको थियो ।
यसरी चर्चित गायक र निर्देशक टंक बुढाथोकीका कारण उनी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेर सम्पूर्ण दर्शकको मन जित्न सफल भएका हुन् । सानै उमेरदेखि नै परिवारको मर्म बुझेर स्कुल समेत नगई गीत गाएर केही पैसा कमाउने दर्जी अहिले सारा नेपालीको मन मस्तिस्कमा छाइरहेका छन् ।
मन्जुल मितेरी द्धारा रचना गरिएको ‘सुगन्ध’ मा अशोक दर्जीले आफ्नो स्वर दिएका हुन् । यससँगै उनले ‘मन बिनाको धन ठूलो २’ गीतमा पनि आफ्नो स्वर दिन सफल भएका हुन् ।
केही समय अगाडी चर्चामा आइरहने अशोक अहिले के गर्दै होलान् त ? यो प्रश्नको उत्तर कयौँ नेपालीहरुले जान्न खोजेको विषय हो । उनी अहिले एप्पल इन्टरनेश्नल स्कुलमा पढ्छन् । भर्खरै एक महिना अगाडी उनको आफ्नो एकल गीत ‘प्रणाम’ रिलिज भइसकेको छ ।