अन्तरवार्ता मनोरञ्जन भिडियो

परिवारलाई डेटिङमा जान्छु भनेर को जान्छः  मनिता ढुंगेल

परिवारलाई डेटिङमा जान्छु भनेर को जान्छः  मनिता ढुंगेल

कार्यक्रम रेड चिल्ली शोको तेस्रो श्रृङ्खलामा अतिथिका रुपमा उपस्थित हुनुभएकी पूर्व मोडल तथा महिला उद्धमी मनिता ढुंगेल र प्रस्तोता विजय ढुंगेलसँगको छोटो मिठो कुराकानीमा उनले आफ्नो जिवनमा सफलता हासिल गर्नको लागि आएका चुनौतीहरुको बारेमा बताइन् । परिवारसँग समय समयमा बसाईंसराइ गर्नुपर्दा सामाजिक वातावरणमा घुलमिल हुन गाह्रो भएको उनले बताइन् ।

तपाईँले करियर के चुज गर्छु भनेर कुन विषय लिएर पढ्नुभयो ?
मेरो करियर एकदमै कनफ्युजिङ थियो । हरेक क्लास फेरिएसँगै सपना पनि फेरिँदै गएको थियो । सुरुमा मलाई वकिल बन्ने इच्छा थियो र  म पछि मोडलिङतर्फ आर्कषित भए । मोडलिङमा लागिसकेपछि पनि मलाई फेरि फ्यासन डिजाईनिङ सिक्न मनलाग्यो तर मैले र्कोस पुरा गरिन । त्यसपसछि मलाई एयरहोस्टेस् को पनि अध्ययन गर्न मन लाग्यो तर मेैले त्यसलाई थप निरन्तरता दिइँन । ग्ल्यामर क्षेत्रको लत लागेपछि छोड्न गाह्रो हुने रहेछ त्यसकारण मैले मोडल र इभेन्ट म्यानेजमेन्ट सुरु गरेँ । 

तपाईको पहिलो मेकअपमा के के प्रयोग गर्नुभएको थियो ?
मेरो स्किन कलर गहुँ गोरो थियो । मेरो साथीहरु भने निकै गोरी थिए । मलाई पनि गोरी हुन मन लाग्थ्यो । पहिला अहिलेको जस्तो थुप्रै मेकअपको सामान थिएन तर म मम्मीको फेयरनेस क्रिम चोरेर कागजमा लुकाएर लाउने गर्थे । साथसाथै मम्मीको लिपस्टिक पनि चोरेर घरबाट केही अगाडी पुगेपछि लगाउँथे ।मेरोे पहिलो मेकअप त्यतिबेलाको लागि राम्रो नै भएको थियो जस्तो मलाई लाग्छ ।

लभ लेटरहरु कत्तिको लेख्ने र पाउने गर्नुहुन्थ्यो ?
पहिला प्रविधिको विकास भएको थिएन र केटा र केटी सँगै बस्नु भनेको एकदमै अनौठो कुरा थियो  । तर टिनेजको बेलामा प्रविधिको विकास नभएपनि लेटरहरु म पनि लेख्ने गर्थेँ र अरुबाट पनि मैले पाउँथे ।  

पुरै अन्तरर्वाता हेर्नको लागि तलको सामाग्री हेर्न नभुल्नुहोला ।

विशेष