मनमोहन अस्पताल भित्र पसेर घाइतेमाथि पुन कुटपिट
सत्ता र शक्तीको आडमा अस्पताल परिसर भित्र ज्यान मार्ने मनसायले कुटपिट र तोडफोड
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका ऐन महर निकटका विद्यार्थी लगायतले स्वयंम्भू स्थित मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा बिहीबार राती सत्ता र शक्तीको आडमा अस्पताल परिसर भित्र गएर ज्यान मार्ने मनसायले गुन्डागर्दी शैलीमा कुटपिट र तोडफोड गरेका छन् ।
आकस्मिक कक्षमा उपचार गर्दै गरेका डाक्टर नर्स तथा सेकुरिटी गार्डलाई समेत कुटपिटका छन्। रानीवनका स्थानिय यूवा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनका ऐन महर निकटका विद्यार्थीहरु बिच बिहीबार अपरान्ह भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको हो ।
ग्याङ फाइटमा घाइते भएका मध्य ५ जना युवालाई उपचारका लागि मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । ३०/४०जनाको समूहले अस्पतालमा भर्ना गरिएका घाईतेहरुमाथि सो अस्पताल भित्र छिरेर पुन कुटपिट गरेका थिए।
स्वयम्भुका डिएसपीलेबताउनु भए अनुसार ग्याङ फाइट गर्ने समूहका २ जनालाई प्रहरीले पक्राउ गरेर ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको छ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरका भाई अमित महर, निराजन विक्रम शाही लगायतका घटनामा संग्लनको टोली फरार रहेको छ भने पक्राउ पर्नेमा धिरेन्द्र धानुक र क्षितिज देवकोटा रहेका छन् । सिसिटिभी क्यामराको आधारमा अन्य व्यक्तिहरुको खोजि कार्य जारी रहेको स्वयम्भुका डिएसपीले बताउनु भएको छ।