राशिफल

२०७७ चैत्र ०७ शनिवारको राशिफल

२०७७ चैत्र ०७ शनिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्यतयाः आज राम्रो दिन छ। परिवारमा खुसियाली होला। सामान्य परिश्रमवाट पनि ठुलो उपलब्धि प्राप्त हुने समय छ। 
 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज परिवारमा खुसी साटासाट गर्ने दिन छ । गरेको कुनै पनि काममा सफलता प्राप्त हुनेछ। 
 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
सावधान हुनु होला। खर्च गर्दा सचेत हुन, वोलीमा होस पुर्याउनु। विवादीत ठाउँमा नगएको राम्रो ।


 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन राम्रो छ । जस्तो कठिनको काम पनि वन्ने योग छ। मान–सम्मान पाईने छ। ब्यापार/ब्यावसायमा सफलता । शिक्षा क्षेत्र राम्रो छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बोलीले नै अरुलाई मोहित पार्ने योग छ। राजनीतिक सफलता प्राप्त हुने छ। रोग ब्याधिवाट छुटकारा होला। कारोवारमा सफलता मिल्ने समय छ। 

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन त्यति साह्रो उत्तम देखिदैन। राज्य मुद्दा लाग्नसक्छ। सतर्क भएर वोल्नु। आफनो निर्णय आफै नगरेको राम्रो । ब्यापार घाटा हुन सक्छ। शिक्षामा सफलता देखिदैन।
 

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सतर्क रहेने दिन छ। यात्रा गर्दा सावधान हुनु होला। हात हतियार र सवारी साधनवाट टाढा रहेको राम्रो । दिन अलिक जोगिनु पर्ने खालको छ, तसर्थ हर तरहले सतर्क रहनुमा भलाई छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज सत्रु नास होला। पुराना मुद्दा जित्ने योग छ। शिक्षा क्षेत्रमा सफलता मिल्ने छ। समग्रमा हरेक क्षेत्र राम्रो देखिएको छ ।
 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज धन प्राप्ति हुने दिन छ। डुवेको धन आउला। ब्यापारमा सफलता। वैदेशिक यात्रा हुने योग छ। शिक्षामा उच्च सफलता। साथै शिक्षामा राम्रो प्रगति हुनसक्छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
समय राम्रो छ। अचानक धन आर्जन हुने समय छ। शिक्षामा प्रगति होला। ब्यापारमा सामान्य सफलता पाउने सम्भावना छ। राजनीतिक सफलता प्राप्त हुने छ।
 

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज काममा वाधा पुग्ला। कारोवार गर्दा सतर्क रहनु। सकेसम्म आज ब्यापारमा वाँकी कारोवार नगर्नु। फजुल खर्च वढ्ने योग छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दाजुभाईको सम्वन्ध विग्रन सक्छ। पेट सम्वन्धि रोगले सताउने समय छ। शिक्षामा अवरोध। ब्यपारमा घाटा। राजनीतिक क्षेत्र सन्तोषजनक रहन्छ। 
 

– शेषराज पराजुली

विशेष