राशिफल

२०७७  चैत्र ०६ शुक्रवारको राशिफल

२०७७  चैत्र ०६ शुक्रवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज विचार पुर्याएर निर्णय लिनु राम्रो होला । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । विवेकलेकाम नगर्न सक्छ छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिने छैन । खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । सन्तानपक्षको मायाँमा कमी आउनसक्छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल/हाम्रो पात्रो
 

विशेष