राशिफल

२०७७ चैत्र ०८ गते आईतवारको राशिफल

२०७७ चैत्र ०८ गते आईतवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज रोगले सताउने खालको दिन छ, खानपानमा सावधान रहनु होला। ब्यापारमा त्यति राम्रो समय देखिएको छैन । शिक्षा सामान्य छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पारिवारीक सुख प्राप्त हुने समय छ। नयाँ आगन्तुकसँग भेटघाट हुन सक्छ। विग्रिएर रहेको पुरानो काम वन्ने सम्भावना छ, प्रयास गर्नु होला। 

 

 
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आजको दिन उत्तम देखिएको छ । राम्रो कामको सुरुवात हुन सक्छ। कठिन भन्दा कठिन काम पनि थोरै परिश्रमले सम्पन्न हुनेछन्। शिक्षा क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ। स्वास्थ्य सामान्य रहन्छ।

 

 
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आजको दिन राम्रो छैन । ब्यापार घाटा हुन सक्छ, उधारो कारोवार तथा जोखिम मोलेर ब्यापार नगर्नु होला। स्वास्थयमा पनि समस्या आउन सक्छ। शिक्षामा अवरोध हुने समय छ।

 


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन साह्रै उत्तम छ। हरतरहका समस्या समाधान हुनेछन्। मानसम्मान पाउने खालका काम वन्ने समय छ। शिक्षामा राम्रो प्रगति हुन्छ। दिर्घ रोगी वाहेक सामान्य मानिसलाई स्वास्थ्यमा समस्या आउने छैन । 

 


कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आय आर्जनको वाटो खुल्ने छ। ब्यापार/ब्यवसायमा राम्रै आम्दानी होला। शिक्षामा केहि समस्या आउला। स्वास्थ्य समस्यावाट छुटकारा मिल्ने छ।

 

 
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आजको दिन तपाईको अनुकुल छ। सानातिना समस्या आफै समाधान भएर जानेछन् । प्रतिष्ठित ब्यक्तिसँग भेटघाट हुने योग छ। यात्राको पनि सम्भावना छ।

 


वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आजको दिन सावधान हुनुपर्ने दिन छ। दुर्घटनाका संकेत देखिएका छन्। सकेसम्म यात्रा नगर्नु आगो, पानी, हातहतियारवाट वच्नु होला। जोखिमका क्षेत्रमा नजाँदा राम्रो । आफनै वोलीका कारण पनि अप्रिय घट्ना हुन सक्ने सम्भावना छ, वोलिमा नियन्त्रण गर्नु होला। 

 

 
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज नसोचेको धन प्राप्त हुन सक्छ। डुवेको लगानी उठ्ने सम्भावना छ, प्रयास गर्दा राम्रो । ब्यापार ब्यवसाय राम्रै छ। शिक्षामा राम्रो प्रगति हुनेछ। 

 


मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामान्य दिन छ। शिक्षामा निकै मेहनत गर्नु पर्ने छ। विहानको समयमा स्वास्थ्यमा समस्या देखिने छ। मध्यान्हपछि स्वास्थ्यमा सुधार होला। ब्यापारमा केहि प्रगति हुन सक्ने समय छ।

 

 
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज अलि वढि नै परिश्रम गर्नु पर्ने दिन छ। सानो कामका लागि पनि कडा परिश्रम गर्नु पर्ने छ। विवाद हुने सम्भावना छ, वोलिमा नियन्त्रण गर्नु होला। परिवार भित्रै पनि मनमुटाव हुन सक्छ।

 


मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
पारिवारीक कलहमा फस्ने सम्भावना छ। खानपानमा ध्यान दिनु होला, स्वास्थ्यमा समस्या आउन सक्छ। राजनीतिमा परिश्रम गर्नु पर्ने समय छ। शिक्षा क्षेत्र सामान्य छ। आय आर्जनका श्रोत/अवसर गुम्ने खतरा छ, होस पुर्याउनु होला। 

 – शेषराज पराजुली

विशेष