राशिफल

२०७७ चैत्र ०९ गते सोमवारको राशिफल

२०७७ चैत्र ०९ गते सोमवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परिवारमा खुसियाली आउने छ, आफन्तसँग भेटघाट होला। कुनै भोजभतेरमा सहभागी हुने योग छ। स्वास्थय राम्रो छ। शिक्षामा सन्तोषजनक प्रगति हुने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अचानक धन प्राप्त हुन सक्छ। ब्यापारवाट राम्रै प्रगति हुनेछ। शिक्षामा सामान्य अवस्था छ। सचेत हुनुपर्ने समय पनि छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
खाद्यान्नको ब्यापारवाट आन्दानी हुन्छ। शिक्षामा राम्रो प्रगति हुनेछ। आज तपाईको वोलिमा शक्ति छ, अरुको ध्यान तान्न सक्नु हुनेछ । जस्तोसुकै काममा लगाउन सक्नु हुनेछ। 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
सतर्क रहुनपर्ने समय छ। ब्यापार ब्यवसायमा घाटा हुन सक्छ। खर्च गर्दा सचेत रहनु होला। शिक्षामा पनि सोचेजस्तो सफलता हाँसिल नहुन सक्छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज थोरै परिश्रमले पनि ठुला–ठुला काम गर्न सक्ने समय छ। शिक्षमा आफुले सोचेभन्दा प्रगति हुनेछ। स्वास्थ्य आफु अनुकुल रहनेछ। नयाँ कामको सुरुवात पनि हुन सक्छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज तपाईले न्यायिक काम गर्ने दिन छ। राज्यवाट मानसम्मान प्राप्त गर्ने दिन छ। नयाँ नोकरीको प्रारम्भ पनि हुन सक्छ, प्रयास गर्नुहोला।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक काममा दिन वित्ने सम्भावना छ। सन्तमहात्माहरुसँग भेटघाट होला। शिक्षा क्षेत्र सामान्य छ। स्वास्थ्यमा केहि गडवाडि होला। खानपानमा ध्यान दिनु होला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
स्वास्थ्यले साथ नदिन सक्छ, सचेत रहनु होला। चोट पटक लाग्न सक्ने समय छ, सकेसम्म सवारी साधनको यात्रा नगरेको राम्रो। आगो, पानीवाट जोगिनु होला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
जिवन साथीसँग भेट हुने योग छ। मित्रजनसँग भेटघाट होला। शिक्षा सामान्य छ, परिश्रम धेरै गर्नु पर्ला। यात्रा गर्नु पर्ने हुन सक्छ।  

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज सत्रु पराजय हुनेछन्। मुद्दा मामिलाको समस्या भए आफनो पक्षमा फैसला आउने छ। खानपिनमा ध्यान दिनु होला, स्वास्थ्यले साथ नदिन सक्छ। पढाईमा मन नलाग्ने समय छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
सन्तान प्राप्तिको योग छ। शिक्षामा राम्रो प्रगति हुनेछ। अघि–पछि गर्नेको संख्या वढ्नेछ। स्वास्थ्य प्रतिकुल रहने छ। 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सत्रुले टाउको उठाउने समय छ। मौकाको फाईदा उठाउन सक्छन्, सचेत रहनु होला। वोल्दा ध्यान पुर्याउनु पर्नेछ। सभा सम्मेलनमा सकेसम्म सहभागि नहुनै उत्तम हुनेछ। स्वास्थ्य सामान्य छ, शिक्षामा पनि उत्साहजनक उपलब्धि नहुन सक्छ।


– शेषराज पराजुली
 

विशेष