खेल

निर्माण कम्पनी रकम लिएर वेपत्ता, प्याराफिट निर्माण अलपत्र

निर्माण कम्पनी रकम लिएर वेपत्ता, प्याराफिट निर्माण अलपत्र


बारा
बाराको सिमरा स्थिति रंगशालामा प्याराफिट निर्माणका लागि २०७२ मा ८२ लाखमा रिजन निर्माण सेवाले ठेक्का समझौता गरेको थियो । यस कम्पनीले एक वर्ष भित्र सम्पन्न गर्ने गरि निर्माण सम्झौता गरेपनि रंगशालालाई अलपत्र पारि दिएको भएतापनि ठेक्काको कबोल बमोजिम कम्पनीले सबै रकम भुक्तानी पाई सकेको जिल्ला फुटबल संघले जनाएको छ ।

निर्माण कम्पनीका व्यक्ति सम्पर्क विहिन रहेका छन भने निर्माणको कुनै काम अगाडि बढन सकेको छैन । जसले गर्दा राष्टिय स्तरको रंगशालाको बिजोग बनेको छ । सिमरा रंगशाला निर्माणधिन दुई वटा प्याराफिट अलपत्र अवस्थामा भएपछि अहिले प्रतियोगिता गर्न र खेलकुदको गतिविधि गर्न सकस भएको छ । नव जागृति युवा कल्वका अध्यक्ष रामचन्द्र लामाले निर्माण नै अलपत्र भएपछि खेलकुदको गतिविधि गर्न समस्या भएको जानकारी दिए । उनले काम नै अलपत्र भएपछि आफुहरुलाई खेलकुदको गतिविधि अगाडि बढाउन समस्या भइरहेको बताए । रंगशालाको प्याराफिट निर्माण काम अधुरै रहेको सहमति अनुसार काम भएको बारा जिल्ला फुटबल संघले जनाएको छ । समयमै पयाराफिट निर्माणको काम सम्पन्न नहुदा यो वर्ष पनि खेलकुद गतिविधिमा समस्या देखिएको छ । बारा जिल्ला फटबल संघका पुर्व महासचिव शम्भुसिंह ठकुरीले रंगशालाको धेरै कामहरु बांकी रहेको कारणले समस्या आएको जानकारी दिए । तर जसरी ठेकेदार कम्पनीले पैसा लिईसकेको अवस्था छ त्यो समस्या रहेको बताए ।

निर्माणधिन दुई वटा प्याराफिट मध्ये रिजन निर्माण सेवाले प्याराफिट रेलिंग र सेफटी लगायतका काम अलपत्र छोडेको छ भने अर्को ठेकेदार सुमन निर्माण सेवाले ३५ देखि ४० प्रतिशत मात्रै काम गरेको छ । रिजन कम्पनीले पयाराफिट निर्माणको अन्तिम बिलको भुक्तानी गत आर्थिक वर्षमै लिईसकेको बताइएको छ । अर्को कम्पनी सुमन निर्माण सेवाले भने २०७७ जेठ मसान्त भित्रै सक्नुपर्ने भिआईपी प्याराफिट निर्माणको काम कोरोनाको कारण ढिलो भएको जनाएको छ । १४ विघा क्षेत्रफलमा फैलिएको यो खेलकुद मैदान बारा जिल्लाको सबै भन्दा ठुलो खेल मैदान हो । 
 

बारा सिमरा प्याराफिट

विशेष