राशिफल

२०७७ चैत्र ११ गते वुधवारको राशिफल

२०७७ चैत्र ११ गते वुधवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समयले खासै साथ दिने देखिदैन। छातिसम्वन्धि रोगले सताउने र काममा रुची नहुने सम्भावना देखिएको छ। जल यात्रा नगर्नु राम्रो हुनेछ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
पराक्रम वढ्ने दिन छ। भाई–वहिनीवाट साथ पाईएला। औषधीजन्य वस्तुको ब्यापारले फाईदा हुनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
परिवार र आफन्तवाट असहयोग हुनेछ। मानसिक तनाव हुन सक्छ। आँखाको समस्या आउनाले सञ्चित धन नोक्सान हुन सक्छ। शिक्षा क्षेत्र पनि निरासाजनक नै छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मानसिक तनाव कम हुने छ। आफनो स्वभाव परिवर्तन गरी अरुलाई वसमा/नियन्त्रणमा पार्न सकिएला। शिक्षा क्षेत्रमा उन्नती हुनेछ।

 


सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सत्रुवाट विघ्नवाधा हुन सक्छ। साहु महाजनलाई खुसी पार्न कठिन पर्ला। आँखाको रोगले सताउने छ। शिक्षामा पनि प्रगति देखिदैन।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सत्रु पराजय गर्न सकिने छ । दुग्धजन्य पदार्थको ब्यापारमा लाभ देखिएको छ । नाक कान सम्वन्धि रोगवाट छुटकारा मिल्ला। शिक्षामा उन्नती हुनेछ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आलस्यले सताउने छ। पढाई/लेखाईमा मन जाने छैन। काममा मन नजानाले पाउन लागेको मान सम्मान पनि गुम्न सक्छ। पद प्रतिष्ठामा धक्का पुग्ने योग छ, सचेत रहनु होला। अग्लो स्थानवाट टाढा वसेको राम्रो।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
पेट सम्वन्धि सामान्य समस्या देखिने छ। पुस्तकालय, धर्मशाला तथा मानिसको जमघट हुने ठाउँको यात्रा हुन सक्छ। आजको प्रमुख रोजाई शिक्षा क्षेत्र हुन सक्छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काम गर्दा सतर्क हुनु होला, मान प्रतिष्ठामा आक्रमण हुन सक्छ। चोरी तथा घुसको आरोप लाग्न सक्ने योग छ। चोट पटक पनि लाग्न सक्ला। 

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज राम्रो कामको सुरुवात हुने छ। प्रेमी/प्रेमीकासँगको यात्रामा समय वित्ने योग छ। राम्रो कामको श्रेय पाउने सम्भावना छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आजको दिन अलि वढि नै सचेत हुने पर्नेछ। चोरीको खतरा छ। सत्रु/विपक्षीदेखि सावधान हुन होला। खुट्टा सम्वन्धि रोगले सताउने छ। शिक्षामा प्रगति देखिएको छैन।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
शिक्षा क्षेत्रमा राम्रो प्रगति छ। मेसिनरी सामानको ब्यापार लाभदायक हुनेछ। आफ्नो विवेकको सहि सदुपयोग भएको महसुस हुने गरी काम सम्पन्न गर्न पाईएला।

 – शेषराज पराजुली
 

 

विशेष