राशिफल

२०७७ चैत्र १२ गते विहिवारको राशिफल

२०७७ चैत्र १२ गते विहिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
संकट आउन सक्छ, सतर्कता आवश्यक छ। भुमी, वाहन, कृषि क्षेत्रको ब्यापारमा घाटा लाग्न सक्छ। शिक्षामा खासै प्रगति देखिएको छैन । स्वास्थ्य सामान्य रहला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज शरीरमा उमंग आउने छ। भाईवहिनीवाट सहयोग प्राप्त हुनेछ। औषधीजन्य वस्तुको ब्यापारमा लाभ देखिएको छ। शिक्षामा उन्नती हुने समय छ। 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
धन सञ्चित हुने दिन छ। वाँणीद्वारा अरुलाई प्रभावमा पार्न सकिएला। परिवारजनवाट विशेषे सहयोग पाईने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शिक्षा क्षेत्रमा गरेको लगानीले फाईदा हुने छ। टाउको सम्वन्धि रोग हुनेले राहतको महसुस गर्नुहुने छ। मानसिक चिन्ता पनि कम हुनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शत्रुवाट काममा अवरोध आउन सक्छ। आँखा सम्वन्धि रोगले सताउला। शिक्षा क्षेत्र पनि राम्रो देखिएको छैन ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सहयोगी हातहरु प्राप्त गर्न सकिने छ। शत्रुसँग विजय प्राप्त हुने छ। मानसम्मान प्राप्त हुने योग छ। शिक्षा क्षेत्रमा पनि राम्रै प्रगति होला। 

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
राजकिय नेतृत्व गुम्न सक्छ, सतर्क रहनु होला। सामाजिक काममा पनि हानी हुन सक्छ। शिक्षा क्षेत्रमा पनि निरासा प्राप्त होला।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
शिक्षा क्षेत्रमा गरेको लगानीले फाईदा दिन सक्छ। स्वास्थ्यमा समस्या भए राहत पाईने छ। मान सम्मान पाउने र प्रतिष्ठा वढ्ने समय छ। समग्रमा दिन राम्रो छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रोगले सताउने छ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु होला, चोट पटक लाग्न सक्ने सम्भावना देखिएको छ । विशेष गरी शिक्षा क्षेत्रको लगानी सन्तोषजनक छैन।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
अदालती काम (न्यायिक क्षेत्र) मा सफलता पाईने छ । ब्यापार/ब्यवासायमा पनि राम्रो देखिएको छ । स्वास्थ्य सामान्य नै छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
शान्ति र आराम हराएको महसुस हुन सक्छ। खुट्टाको दुखाईले सताउने छ। चोरीको भय रहने छ। पढाई लेखाईमा खासै मन जाने छैन ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विद्या र वुद्धिको सहि सदुपयोग गरे राम्रो प्रतिफल पाउन सकिएला। पेट सम्वन्धि रोग भए सुधार आउने छ। आफुसँग भएको धन सहि ठाउँमा लगानी हुनेछ।

 – शेषराज पराजुली

विशेष