समाज

प्रधानमन्त्री अभिभावक बनेका बालकको बिजोग

प्रधानमन्त्री अभिभावक बनेका बालकको बिजोग


सिरहा
पालन पोषण र शिक्षा दिक्षाको जिम्मा लिएका प्रधानमन्त्री केपी शर्मा ओली अभिभाबक बनेको दुई बर्ष नबित्तदै डोम परिबारको बिजोग छ । तराई मेधेशकै सब भन्दा बढि अपहेलित डोम वालक नियमित बिद्यालय जादैनन भने प्रधानमन्त्री पार्टीकै नेता कार्याकर्ताको अबरोधका कारण डोम परिबारलाई उठिबासको पनि उतिकै चिन्ता छ । 
माघ १९ गते धनुषाको ढल्केबरमा नेपालको पहिलो ४ सय केभी बिद्युत सवस्टेशनको समुदघाट्न गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दलित संग आफ्नो निकै लगाव रहेको दाबी गरेपनि अभिभाबक बनेका डोम परिवारको अबस्था कहाली लाग्दो छ । एक भव्य समारोहका बिच सिरहा कल्याणपुरका पवन मल्लिकको भरणपोषण र शिक्षा दिक्षाकाको जिम्मेबारी प्रधानमन्त्री ओलीले लिएपनि दुई बर्ष नबित्तदै सामाजिकरुपमा अपहेलीत जिवन बिताईरहेका पवन मल्लिक अहिले नियमित बिद्यालय पनि जादैंनन ।
कल्याणपुर सिरहाका स्थानियवासी संजय महराले यी डोम परिवारहरुको आथिृक अवस्था निकै कमजोर रहेको उनिहरु खान समेत नपाउने अवस्था रहेको छ यस्तो अवस्थामा उनिहरु कसरी विद्यालय जान सक्छ । काम गरेपनि मात्रै खान पुग्ने दलित परिवारको अवस्था रहेको छ । देखावटी नारा र योजना बनाएर अभिभावक बन्ने होडबाजी चल्ने गरेपनि कार्यक्रम सकेपछि ती परिवारहलाई समेत अभिभावक बनेकाहरु हेर्न जादैनन । उनले भने पहिलो उनिहरुको अवस्था कस्तो छ उनिहरु आफनो छोरा छोरीलाई विद्यालय पठाउछन वा पठाउदै त्यो समेत नहर्ने  व्यक्तिवादी प्रचारको लागि यस्तो गर्ने परिपाटी देखिएको छ ।
२०७५ साल बैशाख ५ गते प्रधानमन्त्री ओली संगै सिरहाका तत्कालिन प्रमुख जिल्ला अधिकारी अभिभाबक बनेको मनिषा मल्लिकको अबस्था पनि उस्तै छ । शिक्षा दिक्षा मात्र होईन चार पुस्तादेखि सिरहाको कल्याणपुरमै घर बनाई बस्दै आएका पवन मल्लिक र मनिषा मल्लिकको परिबारलाई उठिबासको चिन्ता पनि उतिकै छ । प्रदेश सरकारले यस परिवारलाई जनता आवास कार्यक्रम अन्तरगत बजेट बिनियोजन गरेपनि प्रधानमन्त्री ओली निकट नेकपाकै स्थानिय नेता कार्यकर्ताले पक्की घर निर्माणमा अबरोध गरेका छन्  । 
अनार देबीले आmुहरुले बस्दै आएको घरलाई नै उजारि दिएको र घर बनाउदा समेत अवरोध सृजना गर्ने गरेको बताइन । आफुहरुलाई बस्न निकै समस्या हुने गरिएको बताइन । 
सामाजिकरुपमा बहिस्कृत र आर्थिक, शैक्षिकरुपमा पछि पारिएका डोम जाती भएकै कारण गाउँबस्ती भन्दा पर छेउमा घर सार्न दबाव दिदै आएका छन् । 
सिरहा कल्याणपुर कालो देवीले आफुहरुलाई बस्न समेत समस्या हुने गरिएको बताइन । विभिन्न निकायहरुमा धाउदा समेत समस्या हुने गरिएको छ । उनले भने आफुहरु आफनो समस्यालाई लिएर रहेक निकायमा धाए कसैले पिडा सुनेनन । 
सस्तो लोकप्रियताका लागि अभिभाबक बनेर चर्चामा आउनु भन्दा पुस्तै देखि अपहेलित जिवन बताईरहेका यस डोम परिबार जस्तै तराई मधेशका दलितहरुको शैक्षिक र आर्थिक स्तर उकासन सके मात्र प्रदेश र देश समृद्ध हुने छ । 
सरकारले विद्यालय पढ्ने उमेरका ९५ प्रतिशत बालबालिका विद्यालयको पहुँचभित्र रहेको दाबी गर्दै आएको छ । तर, अल्पसंख्यक सीमान्तीकृत डोम समुदायका बालबालिका विद्यालय प्रवेश गर्न सकेका छैनन् । काठमाडौँको दरबार हाई स्कुलपछि उपत्यकाबाहिर खुलेको पहिलो विद्यालय सिरहा सदरमुकामको श्रीचन्द्र मावि हो । राणाकालमै शिक्षाको थालनी भएको सिरहा जिल्लामा डोम समुदायमा एक जना महिलाले पनि एसएलसी उत्तीर्ण गरेका छैनन् ।

सिरहा प्रधानमन्त्री केपी शर्मा ओली अभिभाबक

विशेष