राशिफल

२०७७ चैत्र १३ गते शुक्रवारको राशिफल

२०७७ चैत्र १३ गते शुक्रवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन सामान्य छ। आफनो उत्पादन÷कामको सहि मुल्यांकन हुनेछ। शिक्षा क्षेत्र अनुकुल नै छ। स्वास्थ्य सामान्य रहला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कृषि जन्य वस्तुवाट लाभ लिन सकिने छ। भुमीमा लगानी गर्ने समय छ। शिक्षा र स्वास्थ्यमा मध्यम खालको समय छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
जुन सुकै काम गर्न आँट र साहस वढ्ने छ। गायन क्षेत्रमा प्रगती हुनेछ। शिक्षामा प्रगती हुँदा उत्साह वढ्ने छ । 

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पैत्रिक सम्पत्ति प्राप्त हुनेछ। आफन्तजनमा सहयोगको भावना जाग्ने छ। शिक्ष क्षेत्र फलदायी हुनेछ। स्वास्थ्य सामान्य रहला। 

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दिन सामान्य छ। स्वभावमा परिवर्तन देखिएपनि गरेको काममा मध्यम फल प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
खर्च गर्दा सतर्क हुनु पर्ने समय छ। मान सम्मान पनि ठेस पुग्न सक्छ। शिक्षा क्षेत्र निरासजनक छ। आँखासम्वन्धि रोगले सताउने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आम्दानीको श्रोत वढ्ने छ । शिक्षामा मानसम्मान प्राप्त होला। स्वास्थ्य अनुकुल नै रहनेछ। सत्रु पराजय हुनेछन्।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कामप्रति वफादार भईनेछ। सामाजिक काममा मान सम्मान प्राप्त होला। हवाई यात्राको सम्भावना छ।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
उन्नती र प्रगतिको समाचार सुन्न पाईएला। शिक्षामा सफलता मिल्ने छ। पाठशाला सम्वन्धि कामवाट सन्तुष्टि पाईने छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
दिन सामान्य अवस्थामै वित्ने छ। कुनै पनि काममा कठिन परिश्रमले सफलता हात पर्न सक्छ। शिक्षामा पनि ठुलै परिश्रम लाग्ला। स्वास्थ्य भने सामान्य छ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
जिवन यापनको सहजताका लागि ढोकाहरु खुल्नेछन्। स्त्रि जातीवाट भरपुर सहयोग पाईने छ । मान्यजनको सेवा गर्ने अवसर पनि आउन सक्छ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सत्रु पराजय हुनेछन । राम्रो कामको जस पाईने छ । शिक्षामा उन्नती प्रगति हुने योग छ। स्वास्थ्यले साथ दिने छ । 


 – शेषराज पराजुली

राशिफल

विशेष