राशिफल

२०७७ चैत्र १४ गते शनिवारको राशिफल

२०७७ चैत्र १४ गते शनिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पढाईमा रुचि वढ्ने छ। शिक्षामा लागेको लगानी फलदायी हुन सक्छ। स्वविवेकको काममा सफलता पाईनेछ। स्वास्थ्य सामान्य छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
भुमीमा लगानी वढ्ने सम्भावना छ । नर्सरीमा लगानी गर्न मन जानेछ। शिक्षामा सामान्य अवस्था छ। सवारी साधन जोड्ने योग छ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
भाईवहिनीसँगको भेटघाट अविस्मरणीय रहनेछ, खुसी साटासाटको अवस्था मिल्नेछ। कान, हात, नाक सम्वन्धि रोगले चिन्तित वनाए पनि समस्या समाधान हुने छ। घाँटीको समस्याले शिक्षामा वाधा पुग्ने योग छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
पैत्रिक सम्पत्ति प्राप्त हुनेछ। कुटुम्वको आगमन हुनेछ। साथै मनमा शान्ति प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिने छ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दिन सामान्य छ। मध्यान्न अघि राम्रो भएपनि मध्यान्हपछिको समय आफु अनुकुल नहुन सक्छ। शिक्षामा विघ्नवाधा आउन सक्छ। स्वास्थ्य क्षेत्र सामान्य छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
दिन आफु अनुकुल रहनेछैन। विना कारण खर्च वढ्ने समय छ, अरुलाई नदिनु राम्रो। शिक्षा, स्वास्थ्यमा पनि खर्च वढ्ने छ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शत्रुमाथि विजय प्राप्त हुने छ। संकट टर्नेछन् । स्वास्थ्य सामान्य छ। शिक्षामा प्रगति होला। मित्रताका हातहरु अघि वढ्ने योग छ ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मानसम्मान प्राप्त हुने छ। वैदेशिक यात्रा हुन सक्छ। कामको नेतृत्व लिन पाईने छ। 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आफन्तजनसँग समय वित्ने छ। शिक्षामा उन्नती होला। धार्मीक कामवाट सन्तुष्टि प्राप्त हुनेछ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आजको दिन त्यति राम्रो छैन । सवारी साधानदेखि सर्तक रहनु होला। यात्रा कठिन हुन सक्छ। खर्च वढ्ने छ। शिक्षामा रुची वढ्ने छैन ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
ब्यापार ब्यवसाय अर्थात कुनै पनि वस्तुको खरिद विक्रिमा भरपुर फाईदा हुने छ । अदालती झन्झट हुन सक्छन् । शिक्षा सामान्य रहने छ। 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
सामुहिक कामवाट लाभ हुने समय छ। सत्रु नास हुनेछन् । राम्रो कामको मुल्यांकन हुनेछ। शिक्षा र स्वास्थ्य मध्यम खालको छ ।

 – शेषराज पराजुली

राशिफल

विशेष