राशिफल

२०७७ चैत्र १६ गते सोमवारको राशिफल

२०७७ चैत्र १६ गते सोमवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शत्रु पराजय हुनेछन्। शिक्षाको लगानी फलदायी रहला। स्वास्थ्यले साथ दिने छ। राजनीतिक सफलता प्राप्त हुनेछ। समग्रमा आजको दिन शुभ रहने छ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चोट पटक लाग्ने समय छ, हातहितयारदेखि टाढा रहनु होला। पेट, ढाडसम्वन्धि रोगले सताउने छ । विद्या क्षेत्र पनि कमजोर छ। 

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
भुमी तथा वाहन जोडिने समय छ। आफन्तवाट भरपुर सहयोग प्राप्त हुनेछ। साहस वढ्ने छ। स्वास्थ्य सामान्य रहने छ। शिक्षामा मध्यम उपलब्धि हात पर्ला ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भाई वहिनी लगायतका आफन्त जनसँगको सम्वन्ध विग्रन सक्छ। सोहि कारण नकारात्मक असर देखिन सक्नेछन् । कान सम्वन्धि रोग वढ्ने छ । शिक्षामा निराशा वढ्ने समय छ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिवारजनको सहयोगले सानातिना समस्या समाधान हुनेछन्, आर्थिक संकट टर्नेछ। आकस्मिक रुपमा धन प्राप्त हुनेछ। शिक्षा क्षेत्र सन्तोष जनक रहने छ। स्वास्थ्य अनुकुल रहला।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफनो स्वभाव परिवर्तनले संकट आउन सक्नेछ । शत्रु वलिया हुनेछन् । मानसिक चिन्ताले सताउने छ । मनमा अशान्ति उत्पन्न हुँदा स्वास्थ्य र शिक्षामा पनि नकारात्मक असरहरु दखिने छन् । 

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
धार्मिक कार्यमा समय राम्रो देखिएको छैन, सकेसम्म तिर्थयात्रामा ननिस्किनु होला। शत्रुको पराक्रम वढ्ने छ। आफन्तजनको मिलनले संकट आउन सक्छ। शिक्षामा निराशा हात पर्ने छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आम्दानीको श्रोतमा शत्रुको हात पर्ने छ। आर्थिक संकट पर्ने छ। घाँटी, कानको रोगले सताउने छ। शिक्षा क्षेत्रा पनि त्यति उल्लेखनीय प्रगति हुने छैन, सामान्य अवस्था रहला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आफनो कामले सन्तुष्टि प्राप्त हुने छ । प्रतिष्ठा वढ्ने छ। पदोन्नती हुने समय छ। स्वास्थ्य सामान्य रहने छ ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
देवालय धर्मशालाको कामले निराशा जाग्ने छ। पर्देशको यात्र नगर्नु नै राम्रो हुने छ। पेटको रोगले सताउने छ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
समय आफु अनुकुल रहने छ। रोगहरु हट्दै जानेछन् । शिक्षा क्षेत्रमा उच्च कदर हुने छ । राजनीतिमा पनि  सफलता मिल्ने छ ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आर्थिक संकट पर्ने छ। आफन्त तथा मित्रले पनि साथ छोड्ने छन् । शिक्षामा मन लाग्ने छैन । राजनीतिवाट टाढा रहनु होला। समग्रमा समय त्यति राम्रो देखिएको छैन, सावधान रहनु होला।

 – शेषराज पराजुली
 

राशिफल

विशेष