राशिफल

२०७७ चैत्र १९ गते विहिवारको राशिफल

२०७७ चैत्र १९ गते विहिवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मध्यान्हसम्मको समय राम्रो छ । मध्यान्हपछिको समय भने आफु अनुकुल नहुन सक्छ। प्राकृतिक विपत्ति र सत्रु संकट आई पर्ने सम्भावना छ। ब्यापारमा घाटा हुन सक्छ। सतर्क रहनुपर्ला।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
अज्ञात रोग निवारण हुनेछ। सत्रु नास हुनेछन्। राम्रो कामको प्रसंसा हुनेछ। शिक्षा मध्यम रहनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
दिर्घकालिन योजना सुरु गर्ने सोच भए विहानको समय उत्तम छ। मध्यान्हपछि भने सत्रु संकटको समय छ। काममा अपजस आउन सक्छ। शिक्षामा निराशा हात लाग्नेछ। विभिन्न प्रकारको रोगको पनि सामना गर्नु पर्ने छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भुमी लाभ हुने दिन छ। कृषिजन्य पदार्थमा मुनाफा हुनेछ। सन्तान प्राप्तिको योग छ। शिक्षामा उन्नती हुने छ। छातीसम्वन्धि रोग निवारण हुनेछ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन सामान्य रुपमा वित्नेछ। सुरुवाती काम सफल भएपनि पछि ब्यवधान आउन सक्छ। भाइवहिनीमा विवाद हुने समय छ। स्वास्थ्यमा समस्या आउन सक्छ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
समयको सहि सदुपयोग हुनेछ । शिक्षामा उन्नती होला। सवै क्षेत्रवाट साथ सहयोग मिल्ने छ। स्वास्थ्य सामान्य रहला। राजनीतिमा गरेको लगानी/परिश्रमको उच्च मुल्यांकन हुनेछ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
सावधान हुनु होला। पैतृक सम्पत्तिको नोक्सान हुनेछ। सेवकदेखी हानी नोक्सानी हुन सक्छ। मानसिक रोगले सताउन सक्छ। राजनीतिक क्षेत्रमा पनि समस्या आउने समय छ। 

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कुनै यात्रा गर्दै हुनुहुन्छ भने मध्यान्हपछिको समय उत्तम हुनेछ। सत्रु नास हुनेछन। मानसम्मान मिल्न सक्छ। शिक्षा सामान्य रहला।

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
दिन मध्यम रहनेछ। शत्रु र मित्र दुवैको सामना गर्नु पर्ने समय छ। ब्यापार/ब्यवसाय सामान्य रहन्छ। शिक्षामा भने उत्साह वढ्ने छ। राजनीतिमा  निरासा हात पर्ने छ।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
राजकिय सम्मान मिल्न सक्छ। सत्रु संकट नास हुनेछन् । हवाईयात्राको समय छ। राजनीतिमा उच्च अवसर पाईने छ। शिक्षामा प्रगति होला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
काम प्रति निरासा जाग्ने छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि लगानी अनुसारको मुल्यांकन हुने छैन । राजनीतिमा पराजय भोग्नु पर्ने छ। शिक्षा सामान्य रहला।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
देवालय, धर्मशालासम्वन्धि काममा उच्च मुल्यांकन हुनेछ। मित्रहरुले सहयोगको हात वढाउने छन्। राजनीतिमा सफलता मिल्ने छ। स्वास्थ्य सामान्य रहला।

 – शेषराज पराजुली

राशिफल

विशेष