प्रदेश नम्बर २ मा ओली कमजोर,मण्डललाई हटाएर महतो बने नेता
जनकपुर
प्रदेश नम्बर २ मा नेकपा एमालेको संस्थापन पक्ष निकै कमजोर अवस्थामा देखिएको छ । प्रदेश सभाको बैठक देखि सुरु भईरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासपात्र मानिएका सत्यनारायण मण्डल अल्पमतमा परेका छन । विभिन्न जिल्लाहरुमा माधव नेपाल पक्षधरले समान्तर कमिटी निर्माण गरिरहेको अवस्थामा प्रदेश नम्बर २ मा आफनो विश्वास पात्रलाई जोगाउन नसकेका ओली प्रदेश नम्बर २ मा कमजोर देखिएका छन । पार्टी एकता हुनु पुर्व नेकपा एमालेका संसदीय दलका नेता रहेका मण्डललाई संसदीय दलका नेताबाट हटाइएको छ । सो स्थानमा शत्रुधन महतोलाई चयन गरिएको छ । यस अघि समेत नेकपामा विवाद बढि रहेको क्रममा ततकालिन नेकपाका संसदीय दलका नेता रहेका मण्डलललाई हटाइएको थियो । त्यो समयमा मण्डलको विरुद्धमा माओवादी केन्द्र र माधव नेपाल पक्ष एक रहेका थिए । तर पार्टी पुर्ववत अवस्थामा फर्किदा समेत ओलीको पकड प्रदेश नम्बर २मा कमजोर बनेको हो । महतो माधव नेपाल पक्षधर रहेका छन । नेपाल पक्षका १३ जना सांसदले निर्णय गरेर ओली समूहका सत्यनारायण मण्डललाई हटाएर महतोलाई बहुमतका आधारमा सर्वसम्मतले दलको चयन गरिएको निर्णयपत्र सभामुखलाई बझुाएका हुन् । पार्टीभित्र गुटगत विवाद उत्पन्न भएपछि प्रदेश २ एमालेका २१ जना सांसदमध्ये १३ जना नेपाल समूहको खुलेर नै समर्थन जनाउन थालेका छन् भने ओली समूहमा बाँकी रहेका ८ जना र माओवादी केन्द्रबाट आएका ४ जना गरी १२ जना सांसद छन् ।
नेपाल समूहमा शत्रुधन महतो, रवीन्द्र बैठा, सुन्दर विश्वकर्मा, सीता गुरुङ, नागेन्द्र यादव, हसिना खातुन, डिल्ली उप्रेती, बेची लुंगेली, मन्जु यादव, प्रमोद कुमार यादव, मदनसेन श्रीवास्तव, गोविन्द न्यौपाने रहेका छन । नेपालमा लागेका शत्रुध्न महतो धनुषाको ४ (१), सुन्दरबहादुर विश्वकर्मा बाराको ४ (१), नागेन्द्रराय यादव रौतहटको ३ (१), डिल्ली प्रसाद उप्रेती सर्लाहीको ३ (१), बेची लुगेंली सर्लाहीको १ (२), प्रमोद यादव सिरहाको ३ (२), मदनसेन श्रीवास्तव सिरहाको २ (२), अशोक कुमार यादव सिरहाको १ (२) निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।
त्यस्तै रविन्द्र बैठा सर्लाहीबाट, सीता गुरुङ्ग बाराबाट, हसिमा खातुन रौतहटबाट र मन्जु यादव महोत्तरीबाट समानुपातिकबाट निर्वाचित सांसद हुन । महतो र बैठा सुरुदेखि नै नेपालमा समूहमा छन भने सुन्दर विश्वकर्मा, मन्जु यादव, गोविन्द न्यौपाने, प्रमोद कुमार यादव लगायतका नेताहरू नेकपाभित्र विवाद उत्पन्न भएपछि नेपाल समूहमा लागेका हुन् । यसअघि उनीहरू ओली समूहमा रहेका थिए ।
विवादपछि सत्यनारायण मण्डल, लगनलाल चौधरी, किशोरी कमल साह, शारदादेवी थापा, त्रिलोकी प्रसाद, अनिताकुमारी यादव, जगतारणदेवी सुडिन र मनोजकुमार सिंह सहितका सांसदहरु ओली समूहमा रहेका छन । यसका साथै माओवादी केन्द्रबाट आएका रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दन कुशवाहा र मोहम्मद समीर ओली समूहमा छन् । नेकपा एमालेभित्रको आन्तरिक विवादका कारण माधव–झलनाथ पक्षले देशभर वडा, जिल्ला, प्रदेश, केन्द्र समानान्तर कमिटी बनाउन थालेको छ ।