स्वास्थ्य

के भिटामिन डी कोरोना को रोकथाम मा मद्दत गर्न सक्छ ?

के भिटामिन डी कोरोना को रोकथाम मा मद्दत गर्न सक्छ ?


एजेन्सी
भिटामिन डी हड्डी, दाँत र मांसपेशिहरु लाई मजबूत र स्वस्थ राख्छ । तर अब वैज्ञानिकहरूले महसुस गर्छन् कि यसले शरीरको प्रतिरक्षा प्रणाली पनि मजबूत गर्दछ र त्यसैले यो कोविड १९ जस्ता भाइरसहरूसँग लड्न पनि प्रभावकारी हुन सक्छ ।
भिटामिन डीलाई सामान्यतया सूर्यको प्रकाश भिटामिन भनेर चिनिन्छ किनकि यो सूर्यको किरणहरूको छालामा खस्दा हाम्रो शरीरमा गठन हुन्छ यसले शरीरलाई क्याल्सियम र फस्फेटहरू पचाउन मद्दत गर्दछ जसले हड्डी, दाँत र मांसपेशीहरूलाई बलियो र स्वस्थ राख्दछ । यो अनुसन्धानमा पनि प्रमाणित भएको छ । अब कोरोनासँग लड्न भिटामिन डी महत्वपूर्ण मानिन्छ ।अहिले भारतमा फेरि कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि रोकथामको उपायहरुको विषयमा फेरि वहस हुन थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको छ ।  कोरोना शुरु भएयता हालसम्म भारतमा एक लाख ७० हजार १७९ जनाको मृत्यु भएको केन्द्रीय सरकारले सोमबार जानकारी दिएको छ ।
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ । यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ ।
पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरुको सख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । आइतबार भाइरस सङ्क्रमणको कारण ९०४ जनाको मृत्यु भएको छ । यसवर्ष शुरु भएपछि हालसम्मको तथ्याङ्कलाई हेर्दा यो संख्या सब भन्दा उच्च हो । 
भारतका कुल सङ्क्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ जना भएको जनाइएको छ ।सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख १ हजार भन्दा बढी रहेको छ । यद्यपी एक करोड २१ हजार ५७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । 
भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ४५ लाख २८ हजार ६६५ व्यक्तिहरु खोप लगाइसकेका छन् ।  

भिटामिन डी मजबूत र स्वस्थ भाइरस

विशेष