मनोरञ्जन

फिल्म अभिनेतृआलिया भट्ट कोरोना संक्रमित

फिल्म अभिनेतृआलिया भट्ट कोरोना संक्रमित

एजेन्सी

फिल्म अभिनेत्री आलिया भट्ट पनि मुम्बईमा कोरोनाको बढ्दो केसको बीचमा कोरोना संक्रमित भएकी छिन । साथी रणबीर कपूरलाई कोरोना पोजिटिभ पाएपछि अब आलिया पनि यस महामारीको संक्रमित भइन् ।

आलियाको भर्खरको फिल्म गंगुबाई काठियावाडीका निर्देशक संजय लीला भन्साली पनि केही हप्ता अघि कोरोनाबाट संक्रमित भएका थिए । भारतीय समाचार संस्था आजतकका अनुसार आलिया भट्ट कोरोना संक्रमित  भएको जनाएको छ । कोरोनाको कहर फेरि भारतमा सुर भएको छ ।  फिल्म, टिभी उद्योग र खेलसँग सम्बन्धित धेरै प्रख्यात व्यक्तिहरू यस खतरनाक भाइरसको शिकार भएका छन् ।  खेलाडि सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मस्से, मनोज बाजपेयी, बप्पी लाहिरी, तारा सुतारिया लगायत कोरोना संक्रमित भईसकेका छन । 

आलिया भट्ट

विशेष