खेल

आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाताबीच प्रतिस्पर्धा हुने 

आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाताबीच प्रतिस्पर्धा हुने 

 

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुने भएको छ । आजको खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीको खेल नेपाली समय अनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । समान ४ खेल खेलेका दुबै टोली प्रतियोगितामा दोस्रो जित हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछन् । अङ्कतालिकामा समान २ अङ्क जोडेका कोलकाता सातौँ र राजस्थान आठौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा पञ्जाव किङ्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । चेन्नाईमा भएको खेलमा मुम्बई इन्डियन्सले दिएको १ सय ३२ रनको विजय लक्ष्य पञ्जावले १७ ओभर ४ बल खेल्दै एक विकेटको क्षतिमा पूरा गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो । ५ खेल खेलेको पञ्जाव २ जितसँगै ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ भने समान खेल र अङ्क जोडेको मुम्बई चौथों स्थानमा छ । 
 

भारत इन्डियन प्रिमियर लिग

विशेष