खेल

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै 

त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स खेल्दै 


काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको फाइनल खेल अपरान्ह १ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ । सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्स पनि आजको खेलमा नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् । कोरोना महामारीकाबीच हुन लागेको आजको उपाधि खेल भने दर्शकबिहीन हुने बताइएको छ । 
 

विशेष