खेल

नेपाल सुपर लिग आजदेखि सुरु हुँदै 

नेपाल सुपर लिग आजदेखि सुरु हुँदै 


नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आज साँझ साढे ५ बजेबाट हुनेछ ।

उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । पहिलो संस्करणको लिगमा ७ वटा फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । जसमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् । प्रतियोगिताको दौरान खेलाडीमा कोरोना देखिएमा अरु खेलाडी अनुबन्ध गर्न पाईने नियमसमेत बनाइएको छ । लिगको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पुरस्कार पाउने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने आयोजकले जनाएको छ । त्यस्तै हरेक खेलको उत्कृष्ट युवा खेलाडीले १० हजार र हरेक खेलको म्यान अफ दि म्याचले २५ हजार पाउने छन् । 
 

नेपाल दशरथ रङ्गशाला फ्रेन्चाइज फुटबल

विशेष