खेल

नेपाल सुपर लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै 

नेपाल सुपर लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदै 


पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र धनगढीबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर र किरण चेम्जोङको कप्तानीमा रहेको धनगढी जित निकाल्दै सुखद सुरुवातको लक्ष्यमा हुनेछ । यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ भने बुटवल विशाल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ । प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ । हिजो भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।
 

फुटबल नेपाल सुपर

विशेष