खेल

आईपीएल क्रिकेटमा आज चेन्नई–बैंगलोर र दिल्ली–हैदरावाद खेल्दै 

आईपीएल क्रिकेटमा आज चेन्नई–बैंगलोर र दिल्ली–हैदरावाद खेल्दै 


इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट टी–ट्वान्टी प्रतियोगितामा आज दुई खेल हुँदैछ । भारतमा जारी १४ औं संस्करणको आईपीएल क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जसै बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुने यी दुई टोलीबीचको खेल दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बैंगलोरले सिजनमा हालसम्म खेलेको ४ खेलमा ४ वटैमा जित हात पारेको छ र अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । यस्तै चेन्नईले सिजनमा हालसम्म समान ४ खेल खेलेर ३ मा जित हात पार्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । आजको खेल निकै रोमाञ्चक हुने मानिएको छ । चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा र बैंगलोर विराट कोहलीको कप्तानीमा मैदान उत्रने छ । यस्तै आजै हुने अर्को खेलमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । दिल्ली र हैदरावादको खेल साँझ पौने ८ बजे चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ । दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको भने हैदरावाद तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।  
 

आईपीएल इन्डियन प्रिमियर लिग टी–ट्वान्टी प्रतियोगिता

विशेष