खेल

एफसि र एफसी चितवन बिच खेल हुँदै 

एफसि र एफसी चितवन बिच खेल हुँदै 


पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज ललितपुर सिटी एफसि र एफसी चितवनबीच खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट खेल सुरु हुनेछ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ । ललितपुर उद्घाटन खेलमा काठमाडौं संग पराजित भएको थियो । हिजो भएको खेलमा बुटवल लुम्बिनी एफसीले विजयी सुरुवात गरेको छ । खेलमा पोखरा थन्डर्स एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
 

फुटबल नेपाल सुपर लिग ललितपुर सिटी

विशेष