स्वास्थ्य

कोरोना बिरामीहरूले यी महत्वपूर्ण चीजहरूको ख्याल गर्नुपर्छ, सास फेर्न समस्या हुँदैन

कोरोना बिरामीहरूले यी महत्वपूर्ण चीजहरूको ख्याल गर्नुपर्छ, सास फेर्न समस्या हुँदैन


कोविड १९ को दोश्रो लहर सुरु भएको छ । दोश्रो लहर पहिलोको  तुलनामा धेरै तरिकामा फरक छ । कोरोना बाट पीडित बिरामीहरु मा सास फेर्न समस्या गत वर्ष भन्दा बढी छ । प्रतिशत बिरामीहरूले सास फेर्न कठिनाई भोगेका छन्, जबकि गत वर्ष कोरोनाका बिरामीहरूले सुख्खा खोकीका लक्षणहरू  मात्रै देखिने गरिएको थियो । गत वर्षको तुलनामा कोरोना संक्रमण यस वर्ष निकै समस्या आएको छ । कोरोना संक्रमिता भएपनि सबै भन्दा बढि समस्या स्वासप्रसवासमा हुने गरिएको छ । अहिले सर्वत्र कोरोनाको सन्त्रास छ । कोरोना भाइरसको संक्रमण भएमा केही साझा लक्षण देखिन्छन् । जस्तो कि उच्च ज्वरो, रुघा, सास फेर्नमा कठिनाइ आदि । तर, कोरोनाको संक्रमणले मात्र सास फेर्नमा कठिनाइ हुने होइन । खासगरी हिँडडुल गर्दा वा शारीरिक काम गर्दा सास बढ्न सक्छ । यसको अनेक कारण हुन सक्छ ।
खासगरी शरीरलाई आवश्यक अक्सिजन पर्याप्त मात्रामा आपूर्ति हुन नसक्दा पनि सास बढ्ने वा स्याँस्याँ हुनेगर्छ ।
अक्सिजनको मात्रा अपुग भएपछि फोक्सोमा दबाब पर्छ । त्यसैले अक्सिजन आपूर्तिका लागि फोक्सोले श्वासप्रश्वासको गति बढाइदिन्छ ।
अर्को कुरा, शरीरमा रातो रक्तकणको कमी भएमा पनि सास बढ्ने समस्या देखिन्छ। अक्सिजनलाई एक स्थानबाट अर्को स्थानमा पु¥याउने रक्तकण अर्थात् हेमोग्लोबिनको कमी छ भने अक्सिजन आपूर्तिमा बाधा हुन्छ र स्याँ–स्याँ हुन्छ ।
आजकाल मानिसको जीवनशैली फेरिएको छ। धेरैले शारीरिक परिश्रम गर्दैनन् र व्यायामहरू पनि पर्याप्त मात्रामा गर्दैनन् ।
कोरोनाको भाइरसले फोक्सोलाई प्रभावित बनाउने र सास फेर्न गाह्रो हुने देखिएको छ । यसैले अहिले कुनै कारणवश सास फेर्नमा कठिनाइ भयो भने हाम्रो मनमा ढ्याङ्ग्रो बज्न थाल्छ, कतै मलाई पनि कोरोनाको संक्रमण भएन ?
सास फेर्न कुनै समस्या नहोस् ,चिकित्ससंग सम्पर्क गर्नुस
कोरोना संक्रमित भएपछि सबै भन्दा ख्याल गर्नुपर्ने कुरा के हो भने स्वासप्रस्वासमा कुनै समस्या भएको खण्डमा चिकित्सकसंग अलिम्ब सम्पर्कमा बस्नु पर्छ  । नाडी अक्सिमेटरमा अक्सिजनको स्तर ९० भन्दा कम जान्छ भने, तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् र अस्पतालमा जानुहोस् । यस बाहेक, कोरोना बिरामीलाई सास फेर्न कुनै समस्या हुँदैन, यसका लागि पनि यी चीजहरूलाई विशेष रूपमा पछ्याउनुहोस् ।अहिले देखिएको समस्याको कारण भने पहिलो सचेत नभएको कारणले ,कतिपय व्यक्तिहरु सुरुमा संक्रमण भएपछि चिकित्सकको सम्पर्कमा नबस्ने समस्या हुदा पनि ठिक भई हाल्छ भन्ने जस्ता हेलचक्रयाई कै कारणले हुने गरेको छ । 

कोविड १९ कोरोना बिरामी स्वासप्रस्वास

विशेष