Technology

अध्यादेश ल्याउन चिकित्सक संघले दियो ७ दिने अल्टिमेटम

अध्यादेश ल्याउन चिकित्सक संघले दियो ७ दिने अल्टिमेटम

नेपाल चिकित्सक संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति हुने गरी ७ दिनभित्र अध्यादेश ल्याउन माग गरेको छ । भेरी अस्पतामा भएको आक्रमणलाई आधार वनाएर संघले अध्यादशेका लागि ७ दिने अल्टिमेटम दिएको हो ।

भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएको तथा विगतमा पनि यस्तो घटना बारम्बार दोहोरिएको भन्दै संघले अध्यादेशमार्फत कानुन ल्याएर चिकित्सकका लागि सहज वातावरण बनाउनुपर्ने माग गरेको हो ।

संघका महासचिव डा. बद्री रिजालले आज विज्ञप्ति निकाली यस्तो माग गरेका हुन् । ७ दिनभित्र अध्यादेश ल्याइ परिस्थिति सहज नबनेमा कडा कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवार सरकार हुनु पर्ने विज्ञप्तिमा चेतावनी दिईएको छ।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिहीबार राति भेरि अस्पतालका स्वास्थ्यकर्मी कुटपिट भएको थियो । 

विशेष