महाँभारतको युद्ध र एमालेको फुट
रामप्रसाद रिजाल
महाभारतमा कुरू क्षेत्रको युद्ध भएपछि ठूलो धन–जनको क्षति भयो। भीषण महासंग्रामले कौरब– पाण्डव दुबैतिर ठूलो मानवीय क्षतीले युद्धभूमि विशाल मसानघाटमा परिवर्तन भयो। पुत्रशोक तथा सबै आफन्त र भाइ भारदार गुमाएपछि महारानी गान्धारीले कृष्णलाई रिसाउदै बिलौंना भावमा –भनिन– ‘कृष्ण तिमीले चाहेको भए यो भिषण महाभारतको युद्ध रोक्न सक्थ्यौ तर तिमीले त्यसो गरेनौ।’
गान्धारीले यति भनेपछि कृष्णले भने –‘महारानी यो महायुद्ध वा महासंग्राम आवाश्यक थियो। यो युद्धले सत्य, धर्म, न्यायको जीत भएको छ। यसले अधर्म, पाप, अन्याय, अत्याचार, दुराचारलगाएतका सम्पूर्ण पाप कुण्डहरुको नास भएको छ। यस युद्धले अब सुशासनको, न्यायको अनुभूति जनताले पाउनेछन।’
त्यस्तै नेकपा फुटेर ३ टुक्रा भएकोमा त्यति आत्तिने अवस्था छैन। यस विभाजनले नेकपा एमाले अझ बलियो शशक्त भएको छ । एमाले नामका रोगहरू, ऐजेरुहरु बाहिरिएका छन। एमालेमा बसेर एमाले नै मास्ने, कम्युनिस्ट आन्दोलन समाप्त गर्नै प्रतिगामीका मतियारहरु ठेगान लागेका छन। कुचोले बढार्नु पर्ने कसिंगर हावाले उढाएको छ। जुन थालमा खाने, त्यही थाललाई प्वाल पार्नेहरूको नाटक समाप्त भएको छ।
एमालेका नन्दी, भृंगी, पिसाच लगाएतका राक्षसका गणहरु एमालेबाट बाहिरिँदा हिजोको रोगी एमाले अहिले निरोगी एमाले भएको छ । धन्यवाद छ प्रचण्ड कमरेड र माधव कमरेडलाई। किनकी बिरामी एमालेलाई निरोगी तन्दुरूस्ती एमाले बनाउन योगदान गरेकोमा मेरो तर्फबाट।
ओलीसँग प्रचण्ड, माधबकुमार नेपाल, शेरबहादुरहरूको तुलना नै हुन सक्दैन । ओली अन्तर्राष्ट्रिय जगतले विश्वास गरेका नेता हुन । मदन भण्डारीले भाषण गर्नु भयो, शासन गर्न पाउनु भएन। तर मदन कमरेडले गरेको भाषण जति ओलीले प्रधानमन्त्री हुँदा काम गरेर देखाउनु भयो।
ओली नेपाली राजनीतिका सिंह हुन । प्रचण्ड–माधवको भूमिका हेर्दा र ठग गठबन्धन लिएर आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई केन्द्र र प्रदेश सरकारको तालाचावी दिएको हुँदा ‘पूर्वजन्ममा प्रचण्ड र माधव कमरेडहरू बाँदर त थिएनन ?’ मेरो मनले मलाई प्रश्न गरिरहेको छ ?
माधव नेपालले मलाई ठूलो अन्याय गर्नुभयो केपी शर्मा ओलीबाट न्याय पाउँछु भनेर मेरो आत्माले नै भनिरहेको छ मलाई। राजा त्रिभुवनपछिको राष्ट्रपिता ओली नै हुन ।
रामप्रसाद रिजाल