के स्वार्थ छ विप्लव माओवादीको बिद्रोह भित्र
आज संसारमा मानिसहरु जताततै छरिएर रहेका छन् । हरेक मानिसका जीवन जिउनकालागि प्रशस्त जमिन हुँदाहुँदै पनि उसले सन्तोषसँग जीवन पद्धति संचालन गर्नका लागि निकै शास्ती झेल्नुपरेको छ । समाजमा आदिम साम्यवादको युगको समाप्तीपछि मानव समाजको बिकासको गती निरन्तर अगाडि बड्दैजाँदा मानिसहरुका सुख सुबिधा पनि उल्लेख्य मात्रामा बिकास भयो । रहन सहन, भाषा संस्कृतीमा पनि उल्लेख्य मात्रामा बिकास र परिवर्तन भयो ।
मानिसका आवश्यकता बढ्दै गएपनि आय श्रोतको बिकास भने सोही तुलनामा हुन सकेन । किनकी आदिम साम्यबादी युगको अन्त्यपछि दास युगको सुरुवात हुँदा मानिसहरुमा साम्यवादी अवशेषपनि बाकी रहेको हुनाले निश्चित टाँठा बाँठाहरुले मीठो मीठो खाने सोझा र इमान्दारहरुलाई दवाउने खेलको सुरुवात भयो र त्यहिबाट जात ब्यवस्थाको सुरु भयो ।
मालिक टाठाँबाठाँ भए । सोझालाई उसले कमारा बनायो । हुँदै गर्दा सोही अनुरुप जात बिभाजन भयो । चलाखहरुले शासन गर्ने उनका सन्तानले ज्ञान सीप बिद्या हासिल गर्ने समाजमा भलादमी हुने प्रणालीको बिकास भयो । सोही तरिकाले सोझाहरुलाई नोकर चाकार बनाउने तिनै नोकर चाकरलाई जातमा परिणत गरेर इश्वरको शासन भन्दै दमन गरियो । यहि चलाखहरूले सोझाहरुमाथि विभिन्न तरिकाले शासन गर्ने ब्यबस्थाको नाम थियो सामन्तवादी ब्यवस्था हो । घटनाक्रम बिस्तार हुँदैजाँदा तीँ सामन्तका सन्तानहरु मालिकमा परिणत भए सोझा र इमान्दार मान्छेहरु हजारौंको संख्यामा बिकास हुँदा तीनै हिजोका मालिकहरुको रजगज कायम रह्यो ।
१६औँ शताब्दिका महान वैज्ञानिक गिहार्डिनो ब्रुनोले पृथ्वी गोलो छ भन्दा ७० वर्ष जेल हालियो । त्यही समाजकालागि राम्रो गर्न खोज्दा सुकरातलाई हेमलम्ब नामको बिष पिलाएर मारियो । चाणक्यलाई पागल भनियो । बाल्मिकीलाई चोर भन्ने विल्ला भिराइयो भने महाभारतका रचयिता ब्यासलाई धोबिनीको सन्तान भनेर बेइज्जत गरियो । समाजिक रुपमा बर्ग विश्लेषण गरेर अधिकारका लागि वर्ग संघर्ष गर्नुपर्छ भन्ने कार्ल माक्र्सलाई आतंककारी घोषणा गरियो । कसलाई पो राम्रो भनेका छन् हिजोको टाठाँबाठाँ, मालिक, राजा रजौटा, जिम्मुवाल, मुखिया, बिचारी, डिठ्ठाहरुले ।
कालखण्डमा विभिन्न पद पदावी सिर्जना गर्दै समाजको ब्रह्मलुट मचाइयो । आज त्यसै वर्गले जल, जमिन, वायु लगाएत सबैजसो प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाएर बसेको छ ।
आज एउटा सर्वाहाराको छोराले विना रोकटोक उत्पादन गरेर जिविका चलाउँछु भन्दा जमिन प्रयोग गर्न पाएको छैन । उद्यम गरेर परिवार पाल्छु भन्दा पारिश्रमिक पाएको छैन । प्रतिश्पर्धा गरेर जागिर खान्छु भन्दा स्वच्छ प्रतिश्पर्धा हुने ठाउँ पाएको छैन । फलिफाप छैत तिनै हैकमवादी हरुलाई छ जसले सदिऔँदेखि साधन, स्रोत नियन्त्रण गरेर शक्ति आर्जन गरे ।
गणतन्त्र हुनत आज दुनियाँले भन्ने गर्छन जनताको छोरो प्रधानमन्त्री भयो राश्ट्रपती पनि त्यागी नेताको श्रीमती भएकी छिन प्रधानन्यायाधीश पनि महिला नै भइ सकिन दलितको छोरो नभएर दलित थारु मुसलमान बाट समानुपातिकबाट पनि संसद र मन्त्री भएका छन अब बाकी के रह्यो भन्छ्न तर उतिबेला राजतन्त्र छदा पनि राजपरिसद स्थायी सदस्य परशुनाराण चौधरी पनि थारु नै थिए । तर उनै थारु किन आजसम्म गाँस बास को लडाइँ लड्दैछन , डाक्टर हर्क गुरुङले नेपाललाई पाँच बिकास क्षेत्र चौध अञ्चल पचहत्तर जिल्लामा बिभाजन सम्मको अधिकार पाएका थिए । तर गुरुङ, राई, मगर आज किन गासबासका किन तड्पिरहेका छन । प्रताप राम लुहार पन्चायत कालका मन्त्री हुन् भन्दैमा अरु दलितहरुलाई गासबास चाहिदैन त?
चलाख मान्छेबाट सुरुभएको युग बिस्तारै मालिक, त्यसपछी शासक हुँदै सामन्त हुन पुग्यो र अन्तमा पुँजिवादमा गएर मानव समुदाय परिणत भयो त्यही पुँजीवाद आज आएर दलाल पुँजिवादको नाइके भएको छ ।
जनताले यीनै दलालहरुलाई पटक पटक बैधानिकता दिनका लागि निर्वाचनमा भाग लिईदिनु पर्ने यीनले जहिले पनि आम सर्बसाधारणलाई रनभुल्लमा पारेर शासन सत्ताको बागडोर हत्याउनु पर्नेरु तिनै जनताको रगत पसिनामा रजाई गर्ने दलाल संसददिय ब्यवस्थालाई अन्त गर्ने माध्यम भनेको जनमत संग्रह नै भएकाले स्थानिय, प्रदेस र संसदिय निर्वाचन भन्दा जनमत संग्रहबाट जनताको अधिकार स्थापित हुनेहुँदा जनमत संग्रह नै उत्तम बिकल्प हुनेछ । र विप्लवको विद्रोह पनि त्यसैका लागि हो । विप्लव माओवादिको स्वार्थ भनेको दलाल पुँजिवादको अन्त्य हो । त्यसैले शिक्षित र चेतनशिल वर्गले अबको आन्दोलनको नेतृत्व गर्नेछ । सामन्तहरु पूँजिवादी दलालहरुको चरीत्र उदाङ्गो पार्ने छ । युद्ध अनिवार्य हुन्छ मैले घोषणा गरिसके । तपाइ नी?
-देवदत्त अवस्थी
(नेकपा बझाङ्ग जिल्ला सचिवालय सदस्य)